सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका उत्कृष्ट दोश्रो स्थान पाउँन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको “स्थानीय सरकार संस्थागत क्षमता स्वमुल्यांकन” (लिजा) मा उत्कृष्ट दोश्रो हुन सफल भएको हो ।देशभरीमा गाँउपालिकाहरुको तर्फबाट बेनिघाट रोराड गाउँपलिका धादिडले ८७.२५ अंक प्राप्त गरी प्रथम भएको छ भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकाले बराबरी अंक प्राप्त गरेर दोश्रने स्थान पाएको हो ।
दुवै गाउँपालिकाले ८७.०० अंक प्राप्त गरेको ईन्द्रावती गाउँपालिकाका सुचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो ।“स्थानीय सरकार संस्थागत क्षमता स्वमुल्यांकन” (लिजा) मा नगरपालिकातर्फ धादिङको निलकण्ठ नगरपालिका पहिलो भएको छ । निलकण्ठ नगरपालिकाले ९२.५० अंक प्राप्त गरेको छ । दोस्रोमा रुपन्देहीको तिलोत्तमा नगरपालिका पर्न सफल भएको छ । तिलोत्तमाले ९२.०० अंक प्राप्त गरेको छ । तेस्रोमा चितवनको रत्ननगर नगरपालिकाले ९१.५० अंक प्राप्त गरेको हो ।
सिन्धु पाल्चोकजिल्लाको इन्द्रावती गाउँपालिका दोस्रो स्थान हाँसिल गरेको गर्न सफल भएको भन्दै पालिका अध्यक्ष झम्क नेपालले सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुको साथ र सहयोगको कारण यो स्थानमा पुगेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले आगामी बर्ष देशकै उत्कृष्ट पालिका बन्ने गरी काम गर्नेसमेत प्रतिबद्धता जनाउनुभएको अध्यक्षका स्वकीय सचीव सुनिल तामाङले जानकारी दिनुभयो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा विषयगत क्षेत्रहरुको व्यवस्था गरी ती विषयगत क्षेत्रहरुमा कुल १०० वटा सूचकहरु राखिएका छन् र प्रत्येक सूचकहरुलाई १ अंकभार प्रदान गरिएको छ । इन्द्रावती गाँउवापलका मुलुक भरको स्थानीय तह अन्तर्गत ४६० गाउँपालिका मध्य द्वितीय स्थान र कुल ७५३ स्थानिय तह मध्य उत्कृष्ट ५ औं स्थान हासिल गर्न सफल भएको हो । फोटो सुनिल तामाङ
