सम्पर्क

बिहानै बस दुर्घटना १४को मृत्यु १६को उद्धार


तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।यो समाचार तैयार पार्दा सम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ ।घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको समाचार प्राप्त भएको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।तनहुँका प्रहरी नायब उपरिक्षक दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताउँनुभएको छ । उहाँका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना रहेका थिए । घटना स्थलमा नेपाली सेना सशस्त्र प्रहरी, जनपथ प्रहरी सहीत सुरक्षा निकायहरु खटीरहनु भएको छ भने नेपाली सेनाको हेलीकप्टर समेत उक्त स्थानमा परिचालीत भएको छ ।