चितवन, ८ भदौ : नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनको २४औँ वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले सबै दृष्टिकोणले यस अस्पताललाई आँखा उपचारको केन्द्रको रुपमा विकास गर्न उपयुक्त हुने बताउनुभयो । “यहाँ दुई मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र सङ्घीय अस्पताल रहेको छ, भरतपुर ‘मेडिकल सिटी’को रुपमा विकास भइरहेको छ”, उहाँले भन्नुभयो । देशकै मध्यभागमा रहेकाले उक्त अस्पताललाई आँखा उपचारको प्रमुख केन्द्रको रुपमा विकास गर्नु आवश्यक भएको उहाँको भनाइ थियो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा आषेश ढुङ्गानाले प्रतिष्ठानले नेपाल नेत्रज्योति सङ्घसँगको सहकार्यमा काठमाडौँ उपत्यका बाहिर तीन स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउननुभयो । विराटनगर, भैरहवा र चितवनमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै उहाँले यसलाई अझै प्रभावकारी बनाउँदै लैजान आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति सङ्घ नवलपुरका सभापति होमनाथ जैशी, सङ्घकी सदस्य मिना खरेललगायतले सङ्घको गतिविधिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सङ्घका सचिव केशवप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्दै सङ्घद्वारा सञ्चालित अस्पताल र उपचार केन्द्रबाट गत एक वर्षमा तीन लाख ४९ हजार पाँच सय ४६ जनाको आँखाको उपचार गरेको जानकारी दिनुभयो । तीमध्ये ११ हजार दुई सय ५७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।रासस