सम्पर्क

कृषि

चौतारा साँगाचोकगढी नगरपालिका नगर स्तरिय सहकारी सञ्जाल गठन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा नरमान श्रेष्ठको नेतृत्वमा नगर सहकारी सञ्जालको गठन गरिएको छ । उपाध्यक्षमा नारायण गौतम, सचिवमा चन्द्र बहादुर खत्री, कोषाध्यक्षमा सुजता सापकोटा, सह–सचिवमा मिन बहादुर श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा नेत्र बहादुर बस्नेत, कृष्ण बहादुर कार्की, चन्द्र प्रसाद काफ्ले, कुश्माखर शर्मा, रबिन गौतम, दिल बहादुर कार्की, रुद्र बहादुर श्रेष्ठ, राम कुमार खतिवडा , शंखर प्रसाद पराजुली, धामो तामाङ, होमनाथ चौलागाईं, सदस्यः भेष बहादुर खत्री र हरि बिश्वकर्मा रहनु भएको छ भने आबश्यकताका आधारमा पछी तिन जनाको सञ्जालको बैठकले मनेनित गर्ने भएको छ । यसैगरी सल्लाहकार समितीको अध्यक्षमा राजेन्द्र सापकोटा रहनु भएको छ भने सदस्यमा शोभा उलक रामशरण बिक रहनु भएको छ । गठित सञ्जालका पदाधिकारीहरुलाई नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले टिका लगाएर स्वागत गर्नुभएको थियो ।...

भललाई जल र मल बनाउने अभियानमा चौतारा साँगाचोकगढी नगरपालिका

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक चौतारा साँगाचोकगडी नगरपालिकाले नगरलाइ हरियाली बनाइ राख्नका लागी रिचार्ज पोखरी निर्माण गर्र्न बजेटसमेत विनियोजन गर्दै पोखरी निर्माण कार्यलाइ तित्र्रता दिएको छ । वन जंगल डाँडापाखा खाली जमिनका अलि अलि कम भिराला पाखा आफ्नो घर नजिक रहेको बाँझो बारी तिर सामान्यतया १ मिटर चौडाई १ आधा मिटर लम्बाईको खाडल खनी भल र परेको पानीलाई जमाएर राख्ने कार्यलाइ चिार्ज पोखरी को नाममा पोखरी खन्ने कार्य भइरहेको छ । मुख्य गरी पानीको मुहान संरक्षण गर्ने,हिउँद महीनामा सुक्खा लाग्न बाट बचाउँने अनी जङ्गलमा आगलागी हुन नदीन तथा जङ्गली जनावरलाइ समेत खानेपानीको सहजता का लागी नगरपालिकाभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई नगरपालिकाले तीव्रता दिएको हो ।नगरपालिकाभित्र पाँचसय वटा भन्दा बढी रिचार्ज पोखरी निर्माण सम्पन्न भइसकेको नगरले जनाएको छ । निर्माण सम्पन्न मध्य पनि झण्डै ९० प्रतिशत रिचार्...

बाह्रबिसेले हजार दिने आमालाई खोर सहित दियो कुखुरा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले हजार दिने आमाहरुलाई पोषणका लागी कुखुराको खोर सहीत ४,४वटा कुखुरा बितरण गरेको छ । बाह्रबिसे नगर पालिकाका उपप्रमुख मन्जु तामाङले एक समारोहका बिच प्रती व्यक्ती १, १ किलो वजन भएको ४,४वटा कुखुरा र कुखुरा राख्ने खोर वितरण गर्नु भएको हो । नगरभित्र रहेका विपन्न हजार दिने आमाहरुलाई पालिकाको चालु वर्षको महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार उक्त सामग्री वितरण गरिएको नगरपालिकाका उप प्रमुख तामाङले जानकारी दिनु भयो । उपप्रमुख तामाङका अनुसार, नगर भरिका २८ जना हजार दिनका आमाहरुलाई पौष्टिक आहारका लागी कुखुरा बितरण गरिएको हो ।...

खाद्य तथा पोषण सुरक्षा ले गरेको काम उपलब्धीमुलक छः श्रेष्ठ

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सिन्धुपाल्चोकले उत्पादनमुलक र उपलब्धीमुलक काम गरेर स्थानीय स्तरमा ठुलो सहयोग गरेको बताउँनु भएको छ । उँहाले कोभिड र प्राकृतिक विपत्तिका बीच पनि कृषि क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सिन्धुपाल्चोकले कृषकहरुलाइ गरेको लगानी र कार्य प्रशंसनीय रहेको बताउनुभयो । उाहाले आयोजनाका कारण स्थानीय स्तरमा उत्पादन हुने रैथाने वालीको बिकास भएको आफुले महशुस गरेको बताउँदै यसरी गरेको सहयोगले ग्रामीण कृषकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँनु भयो । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लाष्टर इकाइको सिन्धुपाल्चोकको २पालिकामा भएको कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । बुधबार क्लष्टरस्तरिय आयोजना समापन समारोहमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क...

तितेपातीबाट तेल उत्पादन गर्दै इन्द्रावती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  बिपनात तामाङ्ग ,सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा जङ्गल तथा निजी जग्गामा खेर गइ रहेको तितेपाती सङ्कलन गरेर तेल उत्पादन गर्नै काम शुरु गर्न लागेको लागेको छ । ईन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय नागरिकहरुलाइ तालीमको व्यवस्थ गरेर तितेपातीबाट तेल उत्पादन सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले बताउँनु भयो । उँहाले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्ने आफ्नो पालिकाको योजना अनुसार यो कार्यक्रम ल्याएको बताउँनु भयो । नेपालले ‘अहिले यो तेलको उच्च माग छ,’ उनले भने,’स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन् पहिला त्यसको पहिचान हुन सक्नुपर्ने र म्यापिङ गर्न सकिए धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ ।’ भन्नु भयो । इन्द्रावती गाँउपालिकाका प्रबक्ता एवम वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले यस्ता क्रियाकलापले स्थानीयको आय...

“कृषि आधुनिकीकरणमा कृषि सहकारीको भूमिका”

कृषि, जिबनशैली, विचार
मानवीय श्रम र प्रकृतिको निशुल्क स्रोत साधन प्रयोग गरी कृत्रिम तरिकाले बालीजन्य र पशुजन्य वस्तु उत्पादन गर्नुलाई कृषि भनिन्छ । पशुपालन, बाली उत्पादन, मत्स्यपालन आदि यस अन्तर्गत पर्दछन।नेपाल एक कृषिप्रधान देश हो, जहाँ हाल ६०% भन्दा बढि जनता कृषि पेशामा आवद्ध छन् ।किसानमा मुग्लान पसेर धेरै धन कमाउने रहर जाग्नु, माटोको उर्वरा शक्ति कम हुँदै जानू,राज्यको कृषि क्षेत्रप्रति चासो नहुनु,परम्परागत शैलीबाट खेती गरिनु आदि कारणले हाल नेपालमा सोचे जस्तो कृषिजन्य उपजको उत्पादन हुन नसकेको कुरा तपाईं हामु सामु जगजाहेर नै छ।किसानका हकहितमा राज्य नलाग्दा आज कृषि पेशा नै धरासायीमा परी देशको अर्थतन्त्र नाजुक हुन थालेको छ । यहाँ ६०.४ प्रतिशत जनता कृषिमा आश्रित भएको देशमा लगभग ३०९१ लाख हेक्टर जमिनमा २१ प्रतिशत खेती गरिएको छ । विश्व बैङ्कका अनुसार नेपालमा बहुसंख्यक मानिसका लागि खाना, आय र रोजगारीको मुख्य स्रोत क...

चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट नीति, कार्यक्रम अनुमानित बजेट प्रस्तुत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेका चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट आर्थिक वर्ष ०८१÷०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।आइतबार नगरसभाले एक वडा एक उत्पादन, एक घर एक कृषि बगैंचा कार्यक्रम, किसानलाई उद्यमी बनाउदै उत्पादनलाई बजारीकरण गर्नेदेखि जति द्येरै उत्पादन, त्यति द्येरै अनुदान जस्ता कार्यक्रम अघि सारेको छ । प्रकृतिको उपहार, नगरबासीलाई रोजगार कार्यक्रम मार्फत आय मुलक र रोजगार मुलक उद्योग र उद्यम मार्फत रोजगारी प्रदान गर्ने नीति बनाएको छ । नगरपालिकाले आगामी वर्ष लप्सी प्रशोधन उद्यमलाई प्राथमिकतामा राखि कार्यक्रम संचालन गर्ने जनाएको छ । नगर पर्यटन बोर्ड गठन गरेर पर्यटन सम्बन्धी कार्यक्रमलाई ब्यवस्थित गर्दै पर्यटकिय नगरको रुपमा विकास गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरभित्र रहेका विभिन्न जातजातिहरूको संस्कार, संस्कृत...

महत्वपुर्ण निर्णय गर्दै मेलम्ची को १६औ नगरसभासम्पन्न्न १ अर्ब ७६ करोड ८४ लाखको बजेट पारित

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरको कृषि तथा पशुपालनको लागि सरकारले दिएको अनुदानमा २५ प्रतिशत प्रिमियम रकम थप गरेर शत प्रतिशत बिमा प्रिमियमको व्यवस्था गर्दै बिभिन्न महत्वपुर्ण तथा नागरिकमुखी निती तथा कार्यक्रम पास गर्दै २०८१÷०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार पाँच सय रुपैयाँ बजेट पारित गरेको छ ।अधिवेशनले नगर प्रमुख एवंम् सभाध्यक्ष आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उपप्रमुख उमा प्रधानले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेर सम्पन्न भएको छ ।आइतबार नगर सभाहलमा भएको सभामा आर्थिक विकास समिति संयोजक किरणदिप खड्काले सहकारी ऐन संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपंछि ऐन २०८१ पेस गर्नुभएको थियो ।लेखा समिति संयोजक कृष्ण मुरारी चौलागाईले पेस गरेको प्रतिवेदन सर्वसम्...

शिक्षक संघको आयोजनामा शिक्षकहरुलाई एक दिने कार्यशाला सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपाल शिक्षक संघ चौतारा साँगाचोकगढी नगरपालिकाले कक्षा १–३ को थिमगत सिकाइ उपलब्धि मूल्याङ्कन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरिएको छ । ज्ञानमन्दिर नमूना माध्यमिक विद्यालयको हलमा भएको उक्त कार्यशालामा नगरपालिकाका कक्षा १–३ मा अध्यापन गर्नुहुने ६० जना शिक्षकहरु सहभागी भएको थियो । “चौतारा साँगाचोकगढी नगरपालिकाले असार १३ गते देखि कक्षा ४–१० को प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिने भएको छ । तर कक्षा १–३ को भने थिमगत सिकाइ उपलब्धिका आधारमा मूल्यांकन गरिनु पर्ने प्रावधान पाठ्यक्रमले निर्धारण गरिएको छ । यसै सन्दर्भमा समय सपेक्षा कक्षा १–३ अध्यापन गर्नुहुने शिक्षकहरुलाई थिमगत सिकाइ उपलब्धि मूल्यांकन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको हो” संघका सचिव सुनिल तामाङले जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल शिक्षक संघका संघीय समितिका सदस्य तुलसीप्रसाद दंगालले औपचारिक उदघाटन गर्दै शिक्षक संघ चौसँगढीले गरेक...

नगर सुधारका लागि एमाले काँग्रेसको ध्यानाकर्षण

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकालाई नेकपा एमाले र नेपाली काँग्रेसले संयुक्त रुपमा ध्यानाकर्ष गराएका छन् । शुक्रबार नगरपालिकामा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र उपप्रमुख सीता थापा समक्ष नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटी अध्यक्ष खिल बहादुर श्रेष्ठ र नेपाली काँग्रेस नगर सभापति ईन्द्रलोचन धितालसहितले आगामी नीति कार्यक्रम र बजेट निर्माणका सन्दर्भ सहित १६ बुँदामा ध्यानाकर्षण गराउँनु भएको हो । संयुक्त ध्यानाकर्षणमा एमालेबाटै नगर प्रमुखका प्रत्यासी ईन्द्र नेपाल, उपप्रमुखमा प्रत्यासी बालकुमारी सापकोटा, नेपाली काँग्रेसको तर्फबाट गएको स्थानीय निर्वाचनमा चौतारा नगरपालिकाको प्रमुखका उम्मेदवार केशवराज गिरी सहितका दुवै पार्टीका स्थानयि नेतृत्वले नगरपालिकाबाट सम्पादित काममा अपारदर्शीता नीतिगत कमजोरी, विकास निर्माणका कार्यहरुमा भएका सुस्तता, तथा नगरको छवि धुमिल भएको भन्दै यसलाई सच्याएर अगाडि वढ्न दुवै ...