सम्पर्क

राजनिती

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
हेटौँडा (मकवानपुर), १४ कात्तिक : बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्ष अगाडिदेखि चलाउनुभएको श्रमदानको अभ्यासलाई आत्मसात् गर्दै त्यसै भीडभित्र हिलोले छ्यापिएको जुत्ता र मुस्कानले झल्किएको अनुहारसहित देखिन्नुहुन्छ प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी । नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित देखिन्छन्, तर दर्जी भने फरक ढङ्गले चिनिनुभएको छ । हुन त बागमती गाउँपालिकाका अध्यक्ष आफ्नै चाडबाड बिदामात्र होइन बिहान ५ः०० बजेदेखि रातको १२ः०० बजेसम्म कि त पालिका या त कार्यस्थलमा भेटिनु विगत सात वर्षदेखिको दैनिकी नै भइसकेको छ, तर यहाँ प्...

ढुङ्गा उत्खनन बन्द गर्देै सिन्धुपाल्चोक अनुगमन समिती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
जिल्ला अनुमन समिती द्धारा बाह्रबिसे नगरपालिका कर्थलीमा गरिएको ढुङ्गा उत्खनन बन्द गर्ने गरेको छ । ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९को दफा ९ मा ब्यवस्था भए बमोजिम नदी जन्य तथा खानी जन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री सम्बन्धी प्रकृयाको अनुगमन गर्न गठीत नदी जन्य तथा खानी जन्य पदार्थ जिल्ला अनुगमन समितीको बैठकले बाह्रबिसे नगरपालिका कर्थलीमा गरिएको ढुङ्गा उत्खनन बन्द गर्ने निर्णय गरेको हो ।  बैठकले खोलामा                 टिपरमा बालुवा चालेर हाल्ने कार्य बन्द गर्ने , ढुवानीगर्दा बिल बिजक अनिबार्य गर्न पर्ने लगाएतका निर्णय हरु गरेको छ । समितीका संयोजक जिल्ला सम्मन्वय प्रमुखको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको निमीक्त जिल्ला सम्मन्वय अधिकारी प्रशान्त अधिकारीले जानकारी दिनु भयो ।...

मेलम्चीका आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण यहि

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
कात्तिक ५ गते मेलम्ची बजारमा भएको आगलागीबाट पूर्णरूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर तथा सङ्गै रहेको धनलक्ष्मी ज्वेलर्स का पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। मेलम्ची नगर उद्योग वाणिज्य संघको आव्हानमा आज दिउँसो सम्म आठ लाख चौँतिस हजार एक सय एकाउन्न रुपैयाँ संकलन भएको संघले जनाएको छ। उक्त रकममध्ये चास हजार रुपैयाँ धनलक्ष्मी ज्वेलर्स का प्रोप्राइटर रोशन सुनारलाई र बाँकी सात लाख चौरासी हजार एक सय एकाउन्न रुपैयाँ अधिकारी फेन्सी स्टोर का प्रोप्राइटर दिनेश अधिकारीलाई हस्तान्तरण गरिएको संघका महासचिव तारा बानिँयाले जानकारी दिनुभयो ।कार्यक्रममा मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्करप्रसाद धिताल, लगायत पदाधिकारी , सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश दाहाल लगायतको उपस्थिति रहेको थियो । ...

संविधानको रक्षाका लागि समर्पित हुन आग्रह कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
पाटन (ललितपुर), १० कात्तिक : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गर्नुभएको छ । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न आग्रह गर्नुभयो । “शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्‍यो, भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइयो, जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाइयो, देशको सिङ्गै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रति...

छठको दोस्रो दिन आज ‘खरना’

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
महोत्तरी, ९ कात्तिक : छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ । छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा (नउस...

कात्तिक १९ गतेदेखि उग्रतारा मेला

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
अमरगढी (डडेलधुरा), ८ कात्तिक : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । सोहीअनुसार कात्तिक १८ गते रतेडी र कात्तिक १९ गते बुधवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन् । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्च...

बिना अनुमती प्रदर्शनी गरिएकोले प्रदर्शनकारी पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाण्डौको माइतीघर मा भएको प्रदर्शनीमा ुहभागीहरुलाइ प्रहरीले प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले सोधपुछका लागि पक्राउ गरेको हो । स्थानीय प्रशासनको अनुमतिविना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।पक्राउ परेका ७६ मध्ये ३६ जना महिला र ४० जना पुरुष रहेको बताइएको छ । सरकारसँग अनुमति नलिई धर्ना बस्न खोजेको र विभिन्न समूहको फरक फरक धर्नाले आपसमै मनमुटाव हुने अवस्था देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  ...

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, ७ कात्तिकः जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । “तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ”, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन ।” उहाँका अनुसार मात्रै उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कड...

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

#, कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ७ कात्तिक: ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै अभियान्ताहरुले देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको, सम्पूर्ण जेनजी युवालाई एकताबद्ध बनाउनुको सट्टा बेग्लाबेग्लै समूहमा विभाजित गर्न भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँहरुले जेनजी युवालाई एकताबद्ध गराउन सरकारले तत्काल ७७ वटै जिल्लामा ‘जेनजी सम्मेलन’ आयोजना गर्नुपर्ने धारणा राख्नुभएको थियो । जेनजी आन्दोलनको घाइते मदन कार्कीले सरकारले आफूहरुको माग सुनुवाइ नगरी निर्वाचनमा सहभागी हुन दबाब दिएको जनाउँदै माग पूरा गराउन सम्पूर्ण जेनजी एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “जेनजी युवा सडकमा ...

पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, साहित्य
नमुना युथ एकि्टभ ग्रुुपकाे आयोजनामा हिजो दिपावली साँझ तथा सास्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेशका उर्जा जलस्रोत सिंचाइ मन्त्री कृष्ण कुमार तामाङ ,पुर्व मन्त्री युवराज दुलाल,निमा लामा, मेलम्ची नगरपालिकाकाे प्रमुख आइतमान तामाङ ,उप प्रमुख उमा प्रधान,वडा अध्यक्षहरूकाे उपस्थिति रहेको थियोे । कार्यक्रमकाे स्वागत मन्तव्य राख्दै मेलम्ची नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पासङ तामाङले सम्पूर्ण नेपालीलाई दिपावली तथा छर्ठ पर्वको शुभकामना व्यक्त गर्दै मेलम्ची , हेलम्बु र पाँचपोखरीको स्थानीय फटेमा पक्कि पुल नहुँदा समस्यामा रहेको बताउनुभयो । २०७८ साल असार १ गतेकाे बाढी का कारण पुल बगाएपछि पुल नबन्दा समस्या भएको बताउनुभयो । कार्यक्रममा प्रकाश तितुङ, आसमान लाेप्चन ,ओम वाईवा ,नेपाल आइडल विजेता गंगा सा...