सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकामा भएको नगर स्तरिय बक्तृत्वकला प्रतियोगितामा सरस्वती शङ्करमाबीका छात्रा पुर्णिमा शेर्पा ले प्रथम स्थान हासिल गर्नु भएको छ 
यसै गरी कालीदेबी माबीका अनिल श्रेष्ठले दोश्रो रसिगार्चे माबीका इमिसा तामाङ ले तेश्रो स्थान हासिल गर्नु भएको छ भने भद्रकाली माबीका सुभद्रा पौडेलले सान्त्वना पाउँनु भएको छ । बाह्र्बिसे नगरपालिकाका उप प्रमुख मन्जु तामाङको प्रमुख अतिथ्यतामा भएको बक्तृत्वकला प्रयिोगीताको अध्यक्षता भने प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली रहनु भएको थियो ।
सामाजिक कुरिती र अन्धबिश्वास न्युनिकरणका लागी बिद्यार्थी भन्ने बिषयमा आधारित रहेर बक्तृत्व कला प्रतियोगिता भएको थियो । नगरपालिकाका १० वटा सामुदायक तथा सस्थागत बिद्यालयका कक्षा ८,९र१०मा अध्ययनरत मध्यबाट छात्रा र छात्र गरी १६जना बिद्यार्थीले प्रतिस्पर्धा गर्नु भएको थियो । बिजेताहरुलाइ पुरस्कार बितरण गर्दै प्रमुख अतिथी नगर उपप्रमुख मन्जु तामाङले सहभागी सबैले राम्रो कला प्रस्तुत गर्नु भएकै हो तर प्रथम हुने एक जना हो दोश्रो हुने १जना हो तेश्रो हुने १जना हो तर सबैले जितेको मानेर जान आग्रह गर्न्ु भयो ।
उँहाले प्रथम दोश्रो र तेश्रो हुनेले मात्तीने र अरु आतीने होइन सबैले अर्काे पटक प्रतिष्पर्धाबाट पहीलो दोश्रो हुन पहल गर्नु पर्छ भन्नु भयो । 
कार्यक्रमका सभापतीत्व गरिरहनु भएका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले आजको प्रस्तुती धेरै राम्रो छ । समाजलाइ तोरी बारी जस्तो फुलबारी बनाउँने की सयौ जातीका फुलबारी बनाउँने भन्ने बारेमा सोचेर काम गरर्नु पर्छ हामीले तोरबारीको फुलबारी होइन सयौ जातको फुलबारी बनाउँन लागी पर्नु आजको आबश्यकता भएको बताउँनु भयो ।
