सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकाका उप प्रमुख मन्जु तामाङलाइ पारिबारिक शोक परेको छ । यो अबस्थामा पनी नागरिकको काम रोकीएला भनेर नागरिकलाइ सेवा दिन लागी पर्नु भएको छ ।
७९बर्षीय जगत बहादुर तामाङ उपप्रमुखको बाजे ससुरा हिजो शनीबार स्वर्गीय हुनु भएको हो । उप प्रमुख तामाङले घरमा बाजे बित्नु भयो उँहाको शोक परिराद्यया छ तर पनी जेष्ठ नागरिक असाय अपाङ्खता भउका ब्यक्तीहरु सामाजीक सुरक्षा भत्ता देखी हरेक काममा नभइ नहुने राष्ट्रिय परिचय पत्र बितरण गरिने काम पहीले नै तय भइ सकेकोले जनताको काममा नै लागी परेको बताउँनु भयो । उँहाले आफुलाइ परेको समस्या भनेको ब्यक्तीगत हो तर यो समस्या भनेको समाजको हो त्यसैले सामाजीक काममा नै पहीलो प्राथमिकता भनेर आफु ले परिचय पत्र बितरणमा सहभागी भएकाचे बताउँनु भयो । आज आइतबार बाह्र्बिसे नगरपालिकाको वडा नं ८ मानेश्वारामा परिचय पत्र बितरण भइ रहेको छ ।
