सम्पर्क

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिन्धुपाल्चोकमा अधिकारी

बलेफि । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सिन्धुपाल्चोक शाखाको नवौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले बखत अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बीरोध भएका छन । संघीय लेखा समितिका सदस्य कुमार थापाको प्रमुख अतिथ्यतामा भएको सभाले अध्यक्षमा बखत बहादुर अधिकारी,उपाध्यक्षमा जय बहादुर श्रेष्ठ,सचिवमा रामशरण बस्नेत,कोषाध्यक्षमा दीपक तिमल्सिना पदेन सदस्य शिब क्षेत्री र सदस्य हरु उध्दव तिवारी , यज्ञ खड्का र प्रेम कार्की रहनु भएको कार्यसमिति सर्ब सम्मत भएको जिल्ला महासंघले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार थापाले पुस्तक तथा स्टेशनरी व्यवसाय शैक्षिक विकाससँग प्रत्यक्ष जोडिएको संवेदनशील व्यवसाय भएको उल्लेख गर्नुभयो। उहाँले व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शी आर्थिक प्रणाली र संगठन सुदृढीकरणमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा नीति निर्माण तहमा समेत व्यवसायीका आवाज बुलन्द गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष बखत बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमका सभापति तथा सिन्धुपाल्चोक शाखाका अध्यक्ष बखत बहादुर अधिकारीले स्टेशनरी व्यवसायीहरूले भोग्दै आएका समस्या, कर प्रणाली, आयात–निर्यात तथा बजार व्यवस्थापनका विषयमा महासंघले निरन्तर आवाज उठाउँदै आएको बताउनुभयो। उहाँले नयाँ कार्यसमितिले व्यवसायीहरूलाई एकताबद्ध गर्दै व्यावसायिक मर्यादा कायम राख्न र संगठनलाई अझ सशक्त बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम बलेफी गाउँपालिका–७, अमलटारमा सम्पन्न भएको हो।