सम्पर्क

ब्रेकिङ न्युज २

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो । त्रिवेणी गाउँपालिका–१ नवलपरासी निवासी श्रेष्ठ लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलबीच सहमति हुन नसक्दा सात महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो । रासस    ...

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ । प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमा...

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किनुभएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताउनुभयो । केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो । यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण चहलपहल बढेको हो । गत वर्षको भन्...

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, २ कात्तिकः ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम हुनुभएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उहाँले २८ किलोमिटरको दूरी दुई घण्टा २८ मिनेटमा पूरा गर्नुभएको थियो । दुई घण्टा ४९ मा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभएको थियो ।यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी दौडमा महिलातर्फ मञ्जु रावतले दुई घण्टा ५२ मिनेटमा पार गर्नुभएको थियो । आज सम्पन्न दौडमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् । महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताउनुभयो । प्रतियोगितामा सिन्धुपाल्चोक मे...

चौसागढी नगरको बिभिन्न स्थानमा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन

ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरका बिभिन्न स्थानमा भएको क्षेतीबारे जानकारी लिन क्षेती भएको स्थानमा जानु भएको छ । यस क्रममा बिहिबार वडा नं. १० र १४ मा भएको क्षेतीबारे जानकारी लिन सम्बन्धित स्थानहरुमा जानु भएको छ । वडा नं. १४ का दलित बस्ती तिनआलेमा गएको पहिरोका कारण भएको क्षेती भएका स्थानहरुमा गएर पुनस्थ्पनाका लागी के गर्न सकिन्छ भन्ने बारेमा छलफल समेत गरिएको थियो । सो क्रममा मध्यपहाडी लोकमार्गका कारण तिनआलेको बस्ती नै पुर्ण रुपमा जोखीममा परेको त्यँहाको खेती योग्य जमीन समेत मध्यपहाडी लोकमार्गको निर्मााणको क्रममा पुरीएको र बाँकी भएको जग्गा पनी असोज १०, ११, १२ गते परेको अबिरल बर्षको कारण क्षेती भएकोले लालापुर्जा हातमा घर जग्गा खोलामा गएकोमा चिन्ता लागेको सिताराम माझीले बताउँनु भयो । उहाँले बस्ती मात्र सारेर के गर्नु बस्तीसँगै काम गरेर ख...

फेसबुकबाट चिनजान भएको साथि भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम पुगेका एक प्रधानाध्यापकको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
फेसबुकबाट चिनजान भएको साथि भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम पुगेका एक जना प्रधानाध्यापकको मृत्यु भएको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँस्थित नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय अच्युतम कोइराला साथीकै घरमा ढलेका छन् । अच्युतम कोइराला असोज २९ गते दिउँसो २.३० बजे काठमौँबाट तेह्रथुम फेदाप– ३ जलजले बस्ने ५१ वर्षीया भिमादेवी रिमाललाई भेट्न हिडेका थिए भने उनी ३० गते दिउँसो ती महिलाको घरमा आइपुगेका थिए । उनको भिमादेवीसँग १० महिनादेखि सामाजिक सञ्जालमा चिनजान भएको थियो । महिलाको घरमा आइपुगी खाजा खाएर उनी भिमादेवीसंग घुम्न समेत गएका थिए । बेलुका भिमादेवीको घरमा खाना खाएर गफ गर्दैगर्दा प्रधानाध्यापक कोइराला अचानक ढलेका बताएका छन् । सामान्य बान्ता गरेका उनलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याएर चेकजाँच गराउँदा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएका थ...

चौथो संस्करणको मालिकादेवी कप मेलचौरमा १५५५५५ को तैयारी

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ मेलचौरमा १५५५५५ को राषी पुरस्कार भएको खेलको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने गरी सुरु हुन लागेको फुटबल प्रतियोगिताको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवीकप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको लागि कार्तिक ३ गतेसम्म टिम दर्ता गरिने छ भने ५ गते उद्घाटन सहित खेल सुरु हुने कार्यक्रम रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ मेलचौर खेल मैदानमा हुने प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियो...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

ब्रेकिङ न्युज २, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।...

माछापुच्छ्रे परोपकारी संस्थाको विविध कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
माछापुच्छ्रे परोपकारी संस्था लाहाचोक कास्कीले दशैमा अलगअलग दुई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विद्यार्थीहरूलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण र सम्मान एवं सहयोग रकम हस्तान्तरण कार्यक्रम गरेको हो । पहिलो कार्यक्रम अन्तर्गत कास्की जिल्लाको घाचोक स्थित जनजागरण प्राबिमा ५० जना विद्यार्थीहरूलाई रु १३००० बराबरको सामाग्री बितरण गरेको थियो । सो कार्यक्रम सस्थाका सरक्षक पुर्ण बहादुर शाही नर्वेको मुख्य र सस्थाकी सदस्य देवी तिवारीको विशेष प्रायोजनमा सम्पन्न भएको हो । दशै आगमनको पुर्व सन्ध्यामा विद्यार्थी , अभिभावक , र शिक्षकहरू बिच शुभकामना आदान प्रदान गरिएको थियो । आमन्त्रीत अतिथी वक्ताहरू राजिव पहारी, पुर्व डिएसपी राजेन्द्र अधिकारी स्थानिय समाजसेवी पदम नेपाल लगायतका वक्ताहरूले माछापुच्छ्रे परोपकारी सस्थाबाट गरिएका थुप्रै कार्यहरूबाट आफुहरू निकै प्रभावित भएको बताउनु भयो। कार्यक्रम...

अरनिको राजमार्ग एकतर्फी सञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
धुलिखेल, २७ असोजः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको बताउनुभयो । सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसिभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीच बाटोमा नै रोकिएको थिए । शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । रासस...