सम्पर्क

माछापुच्छ्रे परोपकारी संस्थाको विविध कार्यक्रम सम्पन्न

माछापुच्छ्रे परोपकारी संस्था लाहाचोक कास्कीले दशैमा अलगअलग दुई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विद्यार्थीहरूलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण र सम्मान एवं सहयोग रकम हस्तान्तरण कार्यक्रम गरेको हो ।
पहिलो कार्यक्रम अन्तर्गत कास्की जिल्लाको घाचोक स्थित जनजागरण प्राबिमा ५० जना विद्यार्थीहरूलाई रु १३००० बराबरको सामाग्री बितरण गरेको थियो ।
सो कार्यक्रम सस्थाका सरक्षक पुर्ण बहादुर शाही नर्वेको मुख्य र सस्थाकी सदस्य देवी तिवारीको विशेष प्रायोजनमा सम्पन्न भएको हो ।
दशै आगमनको पुर्व सन्ध्यामा विद्यार्थी , अभिभावक , र शिक्षकहरू बिच शुभकामना आदान प्रदान गरिएको थियो ।
आमन्त्रीत अतिथी वक्ताहरू राजिव पहारी, पुर्व डिएसपी राजेन्द्र अधिकारी स्थानिय समाजसेवी पदम नेपाल लगायतका वक्ताहरूले माछापुच्छ्रे परोपकारी सस्थाबाट गरिएका थुप्रै कार्यहरूबाट आफुहरू निकै प्रभावित भएको बताउनु भयो। कार्यक्रम सुशील श्रेष्ठको सञ्चालन र प्रदिप जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी संस्थाले बिपन्न तथा बयोबृद्ध टेक बहादुर सुनारलाई रु १२,१११ सहयोग गरेको छ । नवमिको पुर्व सन्ध्यामा भएको कालरात्री साँझ २०८१मा भाग लिएका तीन दर्जन बाल कलाकार र कार्यक्रम सफल बनाउन विशेष सहयोग गर्ने एक दर्जन सहयोगीहरूलाई पनि प्रशंसा पत्रले सम्मान गरेको छ । कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी, लोक दोहीरी गायक श्रीराम अधिकारी, जीवन दाहाल , गायीकाद्वय पार्वती जीसी , तुलसा जिसी , उदियमान गायक दिपेश नेपाली लगायत स्थानिय कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
मान्द्रे गैचौर टोल सुधार समिती र कोटमौला समितिको आयोजना, माछापुच्छ्रे परोपकारी संस्थाको समन्वयमा सम्पन्न सो कार्यक्रम पान बहादुर जिसीको व्यवस्थापन र राजु क्षत्री अपुरोको संयोजनमा र भिम बहादुर जिसीको सभापतित्वमा सम्पन्न भएको थियो ।