सम्पर्क

चौथो संस्करणको मालिकादेवी कप मेलचौरमा १५५५५५ को तैयारी

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ मेलचौरमा १५५५५५ को राषी पुरस्कार भएको खेलको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने गरी सुरु हुन लागेको फुटबल प्रतियोगिताको तैयारी अन्तिम चरणमा पुगेको छ । मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवीकप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको लागि कार्तिक ३ गतेसम्म टिम दर्ता गरिने छ भने ५ गते उद्घाटन सहित खेल सुरु हुने कार्यक्रम रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७ मेलचौर खेल मैदानमा हुने प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी टिम दर्ता शुल्क पाँच हजार तोकिएको पनि प्रतियोगितामा सहभागि हरेक टिमका खेलाडी तथा टिम अफिसियल गरि टिमका १६ जनाको बिमाको ब्यवस्था समेत गरिएको छ ।