सम्पर्क

फेसबुकबाट चिनजान भएको साथि भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम पुगेका एक प्रधानाध्यापकको मृत्यु

फेसबुकबाट चिनजान भएको साथि भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम पुगेका एक जना प्रधानाध्यापकको मृत्यु भएको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँस्थित नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय अच्युतम कोइराला साथीकै घरमा ढलेका छन् । अच्युतम कोइराला असोज २९ गते दिउँसो २.३० बजे काठमौँबाट तेह्रथुम फेदाप– ३ जलजले बस्ने ५१ वर्षीया भिमादेवी रिमाललाई भेट्न हिडेका थिए भने उनी ३० गते दिउँसो ती महिलाको घरमा आइपुगेका थिए । उनको भिमादेवीसँग १० महिनादेखि सामाजिक सञ्जालमा चिनजान भएको थियो । महिलाको घरमा आइपुगी खाजा खाएर उनी भिमादेवीसंग घुम्न समेत गएका थिए । बेलुका भिमादेवीको घरमा खाना खाएर गफ गर्दैगर्दा प्रधानाध्यापक कोइराला अचानक ढलेका बताएका छन् ।
सामान्य बान्ता गरेका उनलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याएर चेकजाँच गराउँदा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएका थिए ।
उनको शव अहिले सोही अस्पतालमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।