सम्पर्क

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।
मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो ।
साथै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।