सम्पर्क

बिभिन्न कार्यक्रम सहित मनायो प्रहरीले ६९औं दिवस

नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गर्र्दै देसैभर आफ्नो स्थापना दिबस मनाएको छ । सिन्धुपाल्चोक जिल्ला प्रहरीले पनि विविध कार्यक्रम गरि ६९ औँ प्रहरी दिवस मनाइएको छ । ६९औं प्रहरी दिवस २०८१ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यलयमा पुनर्मिलन कार्यक्रम भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको शब्द संकलन, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा टंक बुढाथोकी र सदीक्षा कट्टेलको स्वरमा रहेको “हामी प्रहरी–जनताका पहरेदार” बोलको गित सार्वजनिकीकरण गर्नुभएको हो । साथै उहाँले ६९औं प्रहरी दिवस २०८१ अन्तर्गतका विविध कार्यक्रम उत्कृष्ट ढंगले प्रस्तुत गर्नुहुने महानुभावहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू लगायतका नेपाल प्रहरीका अवकाश प्राप्त तथा बहालवाला प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । यसैगरी सिन्धुपाल्चोक जिल्लामा पनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रहरी कार्यालय परिसरमा बिभिन्न कार्यक्रम गरी ६९औं प्रहरी दिवस मनाएको छ । नेपालमा नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । प्रहरी दिवसमै दिनमा अमर प्रहरीका घरपरिवार र पूर्वप्रहरीको जामघाट हुने गरेको छ । प्रहरी दिवसको अवसरमा कार्यसम्पादन राम्रो गरेका बापत प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सम्मान समेत गरेको छ । दिवसकै अवसरमा ‘साईवर सुरक्षा आजको आवश्यकता’ भन्ने विषयमा जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगिता गरेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल मेलम्ची कम्युनिटि मा.बि मेलम्ची कि कक्षा ९ मा अध्ययनरत छात्रा रिनिसा श्रेष्ठ, द्वितिय श्री कृष्णरत्न गंगा मावि चौतरा कि कक्षा १० मा अध्ययनरत छात्रा सोफिया कार्की र कालिका चेतना मा.बि. मेलम्ची कि कक्षा १० मा अध्ययनरत छात्रा अञ्जना तिवारी तृतिय हुनुभएको उँहाहरुलाइ पुरस्कार समेत बितरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरेर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिवसको सुभारम्भ गर्नुभएको थियो । दिवसको सुभकामना व्यक्त गर्दै सिन्धुपाल्चोक जिल्ला प्रहरीले समुदायमा पुर्याएको सेवाप्रती आफू सन्तुष्ट रहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।उहाँले प्रहरी, राज्य र नागरिकबिचको मुख्य सम्पर्क शुत्र भएको हुँदा निर्भीकतापुर्वक आफ्नो जिम्मेवारी पूरा गर्न, व्यवसायिक क्षमता प्रदर्शन गर्न र सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिन अनुरोध गर्दै जिल्ला प्रहरीले सामान्य घर झैझगडा लगायत जिल्लाभर भएगरेका घटनाप्रति गरेको काम प्रशंसायोग्य रहेको जनाउँदै सिन्धुपाल्चोक जिल्ला प्रहरीले गर्ने अपराध अनुसन्धान साथै हरेक कार्यक्षेत्रमा अब्बल रहेको समेत स्मरण गराउनुभयो । सोही अवसरमा जिल्ला प्रहरी सिन्धुपाल्चोक प्रहरी संगठनभित्र रही उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । प्रहरी दिवसका सन्दर्भ पारेर प्रहरी कार्यमा सहयोग पु¥याउनुहुने संस्था थापा इन्टरप्राईजेजका भुपेन्द्र थापा र एडिओ ईन्टरनेश्नल ट्रान्सपोर्ट सिपाका भुवन थापालाई सम्मान गरिएको थियो । यसैगरी स्थानिय तहवाट सहयोग गर्ने भोटेकोशी गाउँपालिका, मेलम्ची नगरपालिका, पाचँपोखरी थाङपाल गाउँपालिका, जुगल गाउँपालिका, चौतारा सागाचोकगढी नगरपालिका ५ नं वडा कार्यालय र जिल्ला खेलकुद समितिको कार्यालयलाई समेत सम्मान स्वरुप प्रशंसा पत्र वितरण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, पालिका÷स्थानिय तहका प्रमुख÷उपप्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधीहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, जिल्लाका सञ्चारकर्मीहरु, पुर्व प्रहरीहरु तथा अमर प्रहरीका परिवारजनहरुको उपस्थिती रहेको थियो ।