सिन्धुपाल्चोक जिल्लाको चौतारा साँँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरका बिभिन्न स्थानमा भएको क्षेतीबारे जानकारी लिन क्षेती भएको स्थानमा जानु भएको छ ।
यस क्रममा बिहिबार वडा नं. १० र १४ मा भएको क्षेतीबारे जानकारी लिन सम्बन्धित स्थानहरुमा जानु भएको छ । वडा नं. १४ का दलित बस्ती तिनआलेमा गएको पहिरोका कारण भएको क्षेती भएका स्थानहरुमा गएर पुनस्थ्पनाका लागी के गर्न सकिन्छ भन्ने बारेमा छलफल समेत गरिएको थियो ।
सो क्रममा मध्यपहाडी लोकमार्गका कारण तिनआलेको बस्ती नै पुर्ण रुपमा जोखीममा परेको त्यँहाको खेती योग्य जमीन समेत मध्यपहाडी लोकमार्गको निर्मााणको क्रममा पुरीएको र बाँकी भएको जग्गा पनी असोज १०, ११, १२ गते परेको अबिरल बर्षको कारण क्षेती भएकोले लालापुर्जा हातमा घर जग्गा खोलामा गएकोमा चिन्ता लागेको सिताराम माझीले बताउँनु भयो । उहाँले बस्ती मात्र सारेर के गर्नु बस्तीसँगै काम गरेर खाने ठाउँको ब्यवस्था गरिदिन नगर प्रमुखसँग अनुरोध गर्नेभयो । सो अबसरमा नगर प्रमुख सापकोटाले आफुले हुन सक्ने र गर्न सक्ने काम तत्काल गरेर पिडीतको माग सम्बोधन गर्ने बताउँनु भयो । पहिरो स्थलमा लोकप्रिय समाचार राष्ट्रिय दैनिकका नेत्र बहादुर बस्नेतसँग कुरागर्दै नगर प्रमुख सापकोटाले राष्ट्रिय योजनाहरुको निर्माण गर्दा राज्यले यस्ता बस्तीहरुको जोखीमका बारेमा जानकारी लिएर निर्माण गरिदिएको भए यो स्थानमा अहिले यस्तो बिपती भोग्न पर्ने स्थिती आउँदैन थियो भन्नु हँदै तत्कालका लागी वस्तीका नागरिकलाई बचाउँनका लागी आफुले के गर्न सकिन्छ गर्ने बताउँनु भयो ।
सो अबसरमा खानेपानी अति महत्वपुर्ण भएकाले जँहाजहाँ बिग्रेको छ त्यहाँत्यहाँ मर्मत गर्ने र बिग्रेको संरचना पुननिर्माण गर्ने काम नगरले सके नगरले गर्ने नसके माथील्लो सरकारलाई अनुरोध गर्ने बताउँदै पहिलो प्रथमकिता मानिसको बस्नेबासको व्यवस्थालाई जोड दिदै त्यसका साथमा खानेपानीको मुल संरक्षण तथा अन्य भौतिक निर्माणमा लाग्ने बताउँनु भयो । नगर प्रमुख सापकोटासँगै नगर सचिवालयका रमेश सापकोटा वडा नं १४ का वडा अध्यक्ष उद्धब नेपाल,वडा सदस्य रत्न बहादुर तामाङ, स्थानीय सञ्चार कर्मी नेत्र बहादुर बस्नेत नगर बिपद व्यवस्थपन शाखाका चिरन्जीबी कटेल डडुवा भवानी शङ्कर माबीका प्रअ बद्री प्रसाद नेपाल लगाएतले स्थलगत निरिक्षण गर्नु भएको थियो भने वडा नं १०को बिभिन्न स्थानहरुमा पनी नगर प्रमुख सापकोटाको टोली वडा अध्यक्ष निलबहादुर तामाङका साथमा बिभिन्न स्थानमा निरिक्षण गर्न पुग्नुभएको थियो ।
निरिक्षण पश्चात् उहाँले नगरपालिकाबाट हुने नगर र नहुने बिपद ब्यवस्थापन समिती मार्फत सरकारसँग माग गर्ने बताउँनु भयो । चौतारासाँगाचोकगढी नगरपालिका मा मात्रै हाल आएको बिबरण अनुसार १ खर्ब ४३ करोड भन्दा बढीको क्षती भएको नगर बिपद शाखा प्रमुख चिरन्जीबी कटेलले जानकारी दिनु भयो । उहाँले घर, गोठ , खेती योग्य जमीन , खानेपानी मुहान मठ, मन्दिर गरी अझ बढी हुन सक्ने बताउँनु भयो ।
