आजबाट एसईई परिक्षा सुरु
आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा सुरु हुदैछ । आजदेखी चैत १९ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यस वर्ष देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुँदैछ । परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । बुधबार साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा रा...

