नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची आफैंमा एउटा ईतिहास, अवसर र चुनौति भएको नगरपालिका भएको बताउँनु भएको छ । ‘प्रचण्ड’ ले पूर्व राजाको समर्थनमा दशहजार मान्छे सडकमा उतार्दै केही नहुने ‘हिजो इतिहासमा हजारौँ जनताको छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र दशहजार हजार मान्छे उर्फिँदैमा उल्ट्याउन सम्भव नहुने बताउँनु भयो । नेकपा (माओवाादी केन्द्र) मेलम्ची नगर समितिको तेस्रो नगर सम्मेलन जागरणसभा तथा सहिद प्रतिष्ठान मेलम्चीको भवन उद्घाटन खवरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउँनु भएको हो ।
उँहाले मेलम्चीको पानी काठमाण्डौ लगेबापत लेबी दिन आफु तैयार हुँदाको अबस्थामा निर्णय गर्न नपाउँदै सरकार ढलेको तर सरकारमा नभए पनी पुर्ब प्रधानमन्त्री तथा प्रमुख प्रतीपक्ष दलको नेता भएको हैसियतले पनी यसलाइ सदनबाटै लेबीको व्यवस्था गरिदिन सरकारलाइ दबाब दिने बताउँनु भयो । सिन्धुपाल्चोकका जनताको सुख र दुखको घडीमा आफू यहाँका जनतासंगै रहने र जनताका आवाजहरुलाई नजिकबाट सुन्ने र जनताको खुशियालीमा र दुखमा पुगेको पुगेको स्मरण गर्दै प्रचण्डले हरेक समस्याका समधानका लागी आफु साँधै लागी पर्ने बताउँनु भयो । उहाँले मेलम्चीको पुर्ननिर्माण र पुर्नस्थापनाको लागि र गुठीपुडितहरुको माग समेत सम्बोधनका लागी सदनमा आवाज उठाउने बताउँनु भयो । कार्यक्रममा पार्टी उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले देशलाई चौथो चरणको आन्दोलका आवश्यक परेको र अब शान्तिपुर्ण आन्दोलन सुरु हुने बताउँनु हुँदै नेपालमा भएको दुई दलीय सरकार आफ्नै कारणले सकिने बताउँनु भयो । क्षेत्र नम्बर १ का सांसद तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सदस्य माधव सापकोटाले २०६४ सालमा राजावादी पश्चगमनकारीहरुलाई बढार्ने सक्ती माओवादीमा रहेको बताउँनु भयो । कार्यक्रमका केन्द्रीय सदस्य तथा वाग्मति प्रदेश सांसद युवराज दुलालले ३३ वर्षसम्म राज गरेका मान्छेहरूले भूत जगाएको भन्नुभयो । दुलालले काठमाडौँ साँखु फर्केश्वर छाप भन्ज्याङ मेलम्ची क्षेत्रको सडकको लाइभलाइन भएको बताए यसवर्ष २० करोड ठेक्का गराउनको लागि प्रथम चरणमा ४ करोड बजेट सुनिश्चित भइसकेको समेत बताउँनु भयो । कार्यक्रममा माओवादी केन्द्र प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, पार्टी केन्द्रीय सदस्यद्वोय चन्द्रबहादुर थापा, प्रेम सापकोटा, प्रदेश सांसद अमृता नेपाल लगाएतले नेकपा माओबादीका कारण हरेक नागरकले नागरिक भएको महशुस गर्न पाएको बताउँदै बिकासका लागी माओबादी नै हो भन्ने प्रमाणीत भइ सकेको बताउँनु भयो ।
नेकपा (माओवादि केन्द्र) तेस्रो नगर सम्मेलनबाट मेलम्ची नगर कमिटिको अध्यक्षमा सि.पि. दुलाल रहनु भएको जानकारी प्राप्त भएको छ भने उपाध्यक्षमा भोलानाथ आचार्य, परशुराम खतिवडा, अप्सरा पौडेल (महिला) सचिवमा थन बहादुर तामाङ सह–सचिवमा कैलेन्द्र तामाङ, कोषाध्यक्षमा भिमसेन दुलाल सहित ५१ सदस्य कमिटि रहेको जानकारी प्राप्त भएको छ ।