दर्शन सुनार /लोकप्रिय दैनिक कतार
११५औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान सम्पन्न भएको छ । नेपाली महिला समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा सम्पन्न “बृहत् रक्तदान“ कार्यक्रममा ५० जना नेपालीहरुले रक्तदान गरेका छन । महिला समाज कतारले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा १७५ जनाको उपस्थिति रहेको थियो । जस मध्य रक्तदानको लागी ८२ जनाले रजिष्ट्रेसन गरेका थिए । ५० जनाले रक्तदान योग्य रहेको ३२ जनाले रक्तदान गर्नबाट बञ्चित भएको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो । “रक्तदान जिवनदान“ भन्ने मुल नारालाई आत्म साथ गर्दै रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गरेका दाताहरुलाई समाजकी अध्यक्ष लोक माया केसीले धन्यवाद प्रकट गर्दै प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियो । कतारको बल्ड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा नेपाली राजदूतावास कतारका महामहिम रमेश चन्द्र पौडेल, एनसिसी कतारका अध्यक्ष रमेश भट्ट,लगायत समाजसेवी,बुद्धिजीवी,पत्रकार तथा कतारमा रहेका नेपाली महिला दिदी बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । पहिलो रक्तदान लिलानाथ घिमिरेले गर्नु भएको थियो भने अन्तिम रक्तदान गंगा बहादुर मोक्तानको रहेको थियो ।