सिन्धुपाल्चोक जिल्लामा लामो छलफल र बहसपछि अन्तत् अनेरास्वबियु र नेपाल विद्यार्थी संघ बीच जिल्लाको १२ वटै क्याम्पसमा चुनावी तालमेल गर्ने लिखित सहमती भएको छ । एक्ला एक्लै लड्ने मनस्थितिमा रहेका विद्यार्थी संगठनहरु उम्मेदवारी दिने अघिल्लो दिन मात्रै सत्ता साझेदारका भातृसंगठनहरु मिलेका हुन । जिल्लाका तुलनात्मकरुपले विद्यार्थी संख्या धेरै भएका क्याम्पसहरु अखिल क्रान्तिकारीले नेतृत्वको दावी गरेको गत निर्वाचनमा जलबीर भ्याली क्याम्पसमा अनेरास्वबियुलाई नेतृत्व छोड्ने लिखित सहमती बिपरित उम्मेदवारी दिएर सम्झौता तोडेको कारणले पनि यो स्थिति सृजना भएको विद्यार्थी नेताहरुले बताएका छन् । आफू बलियो भएको ठाँउमा एकल चुनाव लड्ने र कमजोर भएको ठाँउमा रोईकराई गरेर पद लिने अखिल क्रान्तिकारीको चरित्रले गर्दा सगै जान अप्ठेरो परेको अरु विद्यार्थी संगठनका नेताहरु बताउछन । जिल्लाका महत्वपुर्ण क्याम्पस सदरमुकाम चौतारा, जेठो क्याम्पस लामोसाँघु र क्षेत्रिय महत्वको क्याम्पस मेलम्चीमा अनेरास्वबियुले मुल नेतृत्व पाउने भएको छ भने बाह्रबिसे, ग्याल्थुम, जलबीर क्याम्पसमा नेबिसंघ नेतृत्व पाएको छ । जिल्लाका ६÷६ क्याम्पस बाँडेर दुई सत्तारुढ दलका विद्यार्थी घटकहरु मिनि संसदीय चुनावको अभ्यास गर्दै छन । पछिल्लो अबधिमा सामाजिक संजालमा नेकपा (एमाले) र उक्त पार्टीका अध्यक्ष के.पि. ओली बिरुद्व गालीगलोज उत्रेको मात्रै हैन खबरदारी सभा भन्दै राजाबादीहरु, सहकारी ठगीमा मुद्वा चलेकाहरु लगायत अरु अराजक शक्तिहरुसंग अघोसित साँठगाँठ गरिरहेको दलको भातृसंगठनसंग चुनावी तालमेल प्रत्युपादक हुने निस्कर्षमा अनेरास्वबियु र नेबिसंघ पुगेका थिए । माओबादी विद्यार्थी संगठनलाई सबै क्याम्पसबाट हराउने ठोस योजना सहित सहकार्य भैरहेको नेबिसंघका नेताहरु बताउछन् ।
