
नेपाल मगर संघ,केन्द्रिय कार्यालय काठमाडौ बाट वैदेशिक शाखाको मान्यता प्राप्त नेपाल मगर संघ शाखा कतारले आफ्नो स्थापना दिवस मनाउने भएको छ । “मगरात सभ्यताको दस्तावेजिकरण गर्दै लखन साँस्कृतिक संग्रहालय बनाऔं, सांगठनिक उत्सवको रुपमा मगर संघको ४३औं स्थापना दिवस भब्य रुपमा मनाऔं” भन्ने मुल नारालाई आत्मसात गर्दै संघले स्थापना तथा एकता दिवस मनाउने भएको हो । आगामी शुक्रबार मार्च १४ तारिकका दिन ग्रान्ड मल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने “४३ औ स्थापना दिवसलाई सम्बोधन गर्न नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगर मगंलबार कतार आईपुग्ने संघका महासचिव समीर थापा मगरले जानकारी दिनु भयो । संघका अध्यक्ष रेशम आले मगरले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगे सगैं कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक सगंठन,प्रदेश समन्वय, जिल्ला संस्था,मातृं संस्था, समाजसेवी,बुद्धिजीवी पत्रकार, कलाकार लगायत कतारवासी मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अनुरोध समेत गर्नु भएको छ । शुक्रबार दिउँसो १ बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । “सम्पुर्ण मगरहरुको एकता,अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ कतारमा सन २००० मा स्थापना भएको संघले बिभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।