दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारमा रहेका नेपाली दिदीबहिनी हरुको साझाँ सस्थां नेपाली महिला समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । समाजले आगामी शुक्रबार “११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत रक्तदान“ कार्यक्रमको आयोजना हुने भएको हो । महिला समाजले हरेक बर्ष नारी दिवसको अवसर पारेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको र बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमदानको पावन अवसरमा मानबिय कार्य स्वरुप “रक्तदान नै जिवनदान“ रगतको कारणले प्रवासमा कसैले ज्यान गुमाउन न परोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजकी अध्यक्ष लोक माया केसीले जानकारी दिनुभयो ।
उक्त “मानविय तथा परोपकारी” कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक सगंठन,प्रदेश समन्वय,सामाजिक संघ संस्था, ब्यवसायी, समाजसेवी, बुद्धिजीवी लगायत कतारलाई कर्मथलो बनाउदै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भएर रक्तदान गरिदिन रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले अनुरोध गर्नु भएको छ । शुक्रबार हमद हस्पिटलको कतार नेशनल बल्ड डोनेसन सेन्टरमा बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म रक्तदान हुने आयोजक संस्थाले बताएको छ । “नेपाली महिला समाजको चाहना,एकता र सहयोगको बिशुद्ध सामाजिक भावना“ भन्ने मुल नाराका साथ कतारमा २०१२ मा स्थापना भएको महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिला दिदीबहिनीहरुका समस्याका समाधानका साथै सामाजिक कार्यहरुसँगैं स्वास्थ सम्बन्धि अभिमुखीकरण अन्लाईन तालिमहरु समेत दिदै आईरहेको छ ।
