सलिना पौडेल
हुन त नेपाल देश नै अति सुन्दर र आकर्षित छ । यहाँको नदिनला ,पहाड,जङ्गल भौगोलिक सुन्दरता, नदिनाला, हिमाल तराई यहाँको मुख्य आकर्षकहरु हुन् । नेपालमा धेरै नै राम्रा राम्रा ठाउँहरु छन्,त्यसमा पनि राम्रो र अति सुन्दर र प्रकृतिको अनुपम उपहार सिन्धुपाल्चोक जिल्ला पनि हो। पहाड र हिमालले घेरिएको भौगोलिक बनावटले सदाबहार सुन्दर देखिने सिन्धुपाल्चोक पर्यटक र पर्यटनको मुख्य आकर्षक क्षेत्र पनि हो । पर्यटनको क्षेत्रबाट लाभ उठाइरहने क्षेत्रमा पर्ने जिल्ला सिन्धुपाल्चोक पनि हो,भन्दा फरक पर्दैन । तर साच्चै भन्नुपर्दा प्रकृतिबाट उपहार पाएको सिन्धु, प्रकृतिबाट नै बारबार ठगिराखेको छ । तर प्राकृतिक बिनाशसङ्ग कस्को के लाग्छ र ? ७२ सालको भूकम्पले प्रभाव पारेपछि हालसम्म पनि सिन्धुपाल्चोक जिल्लामा बाह्य पर्यटकको आगमन न्युन छ ।
सिन्धुपाल्चोक —भूकम्प गएको ९ वर्ष हुँदा पनि सिन्धुको पर्यटन क्षेत्र अझै उभिन सकेको छैन । भूकम्पले क्षतिग्रस्त पर्यटकीय आकर्षण क्षेत्र र पर्यटकीय मार्गको पुनर्निर्माणमा ढिला नगरिँदा जिल्लाको पर्यटनले गति लिन नसकेको छ ।
ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका मठमन्दिर, गुम्बा र क्षतिग्रस्त पर्यटकीय स्थल मर्मत राम्रोसँग नगरिएका खण्डहर र सबन्धित निकायको चासो भने न्युन बन्दै छन् । सरकारी र निजी क्षेत्रबाट पनि पर्यटकीय विकासका लागि कुनै कदम नचालिएकाले चर्चित गन्तव्य ओझेलमा परेका छन् । भूकम्पपछि अहिलेसम्म जिल्लामा बाह्य पर्यटकको आगमन न्यून नै छ । ८१ साल आइपुग्दा पनि कम मात्रामा आन्तरिक पर्यटक र न्यून मात्रामा बाह्य पर्यटकले तातोपानीलगायत क्षेत्रको भ्रमण गर्ने गरेका छन् । भूकम्पपछि अहिलेसम्म तातोपानी क्षेत्रमा ७२ शालअघि भुकम्प जानुभन्दा पहिलेको भन्दा न्यून विदेशी पर्यटक आएको अध्यागमन कार्यालयले जनाएको छ । तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे । तातोपानी नाका भुकम्पपछि धेरै बर्ष बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोवर भ्रमण गर्न तातोपानी नाका बन्द रहुन्जेल जान पाएका थिएनन् । बर्सेनि ठूलो संख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक पर्यटकको संख्यामा भारी गिरावट आएको थियो । त्यो हुदाहुदैँ धेरै पछि भुकम्पले रुवाएको सिन्धुपाल्चोकले श्वास फेर्न पाएको थियो । भुकम्प जानू भन्दा पहिलेको जति पर्यटक भित्रिन नपाएपनि, बिस्तारै सिन्धुपाल्चोकको पर्यटन र भौगोलिक संरचनामा सुधार आएको थियो । ‘यहाँको संरचना मर्मत गर्न सिन्धुका जनता देखि सबै सरोकार निकाय आफैं जुटिरहेका थिए,’ स्थानियहरु बताउँछन्। नाका बन्द भएपछि चर्चित पर्यकीय महत्त्व बोकेका सम्पदालाई बेवास्ता गरिएको थिए । फेरि भुकम्पको पीडाबाट उठ्दै नाका सन्चालन भएपछि सिन्धुपाल्चोक सामान्य अबस्थामा फर्किएको छ । सीमाक्षेत्रको भूकम्प, बाढी र दैनिक पहिरोले क्षतिग्रस्त सडक, भौतिक संरचनाको मर्मतमा ढिलाइ गरिएको कारण पर्यटक आउन नसकेको स्थानीयको कथन छ ।तर सबै संरचना ८१ साल आइपुग्दा भने बिस्तारै सबै ठिक हुँदै थियो ! स्थानीयको जनजीवन देखि पर्यटन ब्यापारमा समेत फट्को मार्दै छ । एसियाकै ठूलो साहसिक बन्जी जम्प गरिने नयाँ पुलस्थित द लास्ट रिसोर्टमा विदेशी पर्यटक धेरै आवत जावत गर्छन्। द लास्ट रिसोर्टका कुमार राउत सुनाउँछन् । ‘सडकको कारणले गर्दा बन्जी जम्पमासमेत पर्यटक घटेका थिए, तर पुन निर्माणले गर्दा आवतजावत गर्ने र बन्जी जम्प गर्ने मान्छे ह्वात्तै बढेका छन् । रिसोर्टका राउतले भने, ‘बन्जी जम्प गर्न दैनिक सात दिनमा १ सय बढी पुग्छन् ।
यसरी समग्रमा हेर्दा भुकम्पबाट थलिएको सिन्धुपाल्चोकको जनजीवन सामान्य अबस्थामा आएको र मुस्किलले हरेक चनौतिले बन्द बाटो, सडक होम स्टे, र पर्यटकीय क्षेत्र पनि सुचारु हुँदै थिए । तर के गर्नु धेरै पछि आनन्द र खुँसीमा फर्किएको सिन्धुपाल्चोकलाई धेरै दिन प्रकृतिक प्रकोपले खुसी हुन दिएन । गत असोजको १० र ११ गतेको बर्षाले गर्दा सिन्धुपाल्चोकमा फेरि धेरै धनजन र मानवीय क्षति हुन पुग्यो । धेरै सडक, कुलो, नहर क्षतबिक्षेत भए धेरै ठाउँमा पहिरो गयो।नदिनाला र खोला छेउका बस्ति र घर नै डुबे ,कृषि योग्य धेरै जमिन बगरमा परिणत भए। सिन्धुपाल्चोकको पर्यटक गन्तव्य मानिने सुकुटे रिसोर्ट एरिया नै डुबानमा पर्यो। भुकम्प र बाढिबाट धेरै जिल्ला र ठाउँमा क्षेति पुर्याए पनि, ठुलोमात्रामा धनजन र मानविय क्षति हुने र हरेक ठाउँ गाउँ क्षेतिग्रस्तमा पर्नेमा सिन्धुपाल्चोक पहिलो नम्बरमा छ । त्यसैले त भनिन्छ प्रकृतिले उपहार स्वरुप दिएको सुन्दर सिन्धुपाल्चोक, ’’ प्राकृतिक प्रकोपको कारणले नै रुनु परेको छ । तर सिन्धुपाल्चोकका जनता भन्छन्, भुकम्पबाट घाइते हुँदा हुँदै धेरै पछि मुस्कानमा सिन्धुपाल्चोक फर्किए जसरी नै बाढी पहिरोको क्षतिबाट पनि सिन्धुपाल्चोक फेरि पुरानै अबस्थामा फर्किन्छ । प्यारो सिन्धुपाल्चोक फेरि हाँस्छ ।
