जिल्ला अदालत बार इकाई सिन्धुपाल्चोकको नबनिर्वाचित पदाधिकारीहरुद्धारा सपथका साथ पदभार गरेका छन् । जिल्ला बार एसोशिएसनको सभाहलमा जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा जिल्ला अदालत सिन्धुपाल्चोकका जिल्ला न्यायधिबक्ता (एसोसियशनको निर्बाचन समिती) शान्ती प्रसाद शर्मा, जिल्ला अदालतका प्रतिनिधी श्रेस्तेदार प्रेम प्रसाद पौडेल कार्यालय रहेको वडाका सदस्य राम बहादुर घले लगायतको आतिथ्यतामाको अतिथ्यतामा एक समारोहका बिच सपथ ग्रहणका साथै पदभार कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिसस प्रमुख बालकृष्ण श्रेष्ठले न्यायीक क्षेत्र भनेका आम नागरिकको भरोसा र बिश्वासिलो क्षेत्र भएकोले यसका लागी बार एसोसियशनको ठुलो भुमिका हुने भएकाले यो भुमिका निर्बाह गर्न भुपेन्द्र बहादुर थिङ सक्षम रहेकाले पनि तेश्रो पटक निर्बाचीत भएको महशुस गरेको बताउँदै ब्यक्तिगत रुपमा थिङ आर्थीक स्थितीमा कमजोरी रहेका अपाङ्ग, असाय, गरिबहरुको मुद्धामा निःशुल्क रुपमा सहयोग गरी बहस गरिदिएकै कारण हरेक गाउँगाउँमा उहाँको चर्चा रहेको बताउँनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षको प्रत्यासी उम्मेदवार यज्ञ दङ्गालले अध्यक्षको उम्मेद्धार जति जना भए पनि जित्ने एउटाले हो निर्बाचन पछी हार्ने र जित्ने भन्ने हुँदैन अध्यक्ष जित्नेले राज्य जित्ने र हार्नेले राज्य हार्ने होइन त्यसकारण निर्बाचन सकिए लगत्तै हार्ने जित्ने सबैले जितेको बताउँनु भयो । कार्यक्रममा पुर्ब सचिव शशीनाथ आचार्यले कोही कँही कसैको गुट उपगुट हुँदैन बिद्यान अनुसार सदस्यता आउँने हुँदा यस प्रती कसैले पनि टिका टिप्पणी गर्नु जरुरी नरहेको बताउँनु भयो । कार्यक्रममा वडा सदस्य राम बहादुर घलेले न्यायीक क्षेत्रमा देखिदै आएको टिका टिप्पणीलाइ मध्यनजर राख्दै काम गर्न पर्ने अनाबश्यकता रहेको बताउँनु भयो । कार्यक्रममा जिल्ला न्यायधिबक्ता शान्ती प्रसाद शर्मा, जिल्ला अदालतका श्रेस्तेदार प्रेम प्रसाद पौडेल, नेपाल लेखापढी कान्न व्यवसायी संघका अध्यक्ष दिपक श्रेष्ठलगाएतले बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नबनिर्बाचित अध्यक्ष भुपेन्द्र बहादुर थिङले खेमा भन्ने शब्द हटाएर खम्बा भन्ने शबद प्रयोग गरेर अगाडी बढ्न आग्ह गर्दै सबै साथीहरुको सल्लाह सुझाब अनुसार अघि बढ्ने बताउँनु भयो । पत्रकार एवम् निर्बाचन समितीका सदस्य ज्ञानेन्द्र तिमिल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमाण पत्र बितरण गर्दै नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाइएको थियो । कार्यक्रम संस्थापक अध्यक्ष अधिबक्ता रोहीणीराज जोसीको अध्यक्षतामा भएको थियो । निर्बाचन समितीमा संयोजक जिल्ला न्याधिबक्ता शान्ती प्रसाद शर्मा रहनु भएको थियो भने नेपाल पत्रकार महासंघका ज्ञानेन्द्र तिमिल्सिना र जिल्ला अदालतका छनुकुमार दुलामी सदस्य रहनु भएको थियो ।