सम्पर्क

ब्रेकिङ न्युज २

तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने उहाँले बताउनुभयो । वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिक...

जिल्ला प्रशासन सिन्धुपाल्चोकद्वारा विपद् पूर्व तयारी तथा प्रतिकार्य विषयमा अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासन कार्यालयले “विपद् पूर्व तयारी तथा प्रतिकार्य“ विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । सिन्धुपाल्चोक जिल्ला विपद्को उच्च जोखिम जिल्ला रहेकोले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, पूर्व सूचना प्रणालीको सुदृढीकरण र स्थानीय तहहरूसँगको सहकार्यका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । शुक्रवार जिल्ला समन्वय समितिको सभा हलमा प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै अब केही दिनमा मनसुन भित्रिले हुँदा विपद् पूर्व तयारी अति आवश्यक रहेकोले यो अन्तरक्रियाको अति महत्त्व रहेको बताउनु भयो । उहाँले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बाह्रबिसे, भोटेकोसी लगायत विभिन्न क्षेत्रहरू उच्च जोखिममा रहेको हुँदा उक्त क्षेत्रलाई मध्यनजर गरेर अगाडी बढ्न सबैलाई...

खानेपानीमन्त्री यादवको विशेष निर्देशनपछि काठमाडौ उपत्यका बासीले पाउने भए मेलम्चीको शुद्ध पानी

खानेपानी, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी अभाव झेलिरहेका काठमाडौँ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाडौँ उपत्यका भरीका नागरिकहरुलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फाष्ट ट्रयाक अन्तरगत अगाडि बढेको छ । काठमाडौँ उपत्यकामा रहेका नागरिकका घरघरमा मेलम्चीको पानी पु¥याउने मन्त्री यादवको उदेश्य र लक्ष अनुसार आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । काठमाडौँ उपत्यकावासी सहित चक्रपथ बाहिरका क्षेत्रहरूका नागरिकलाई भर...

प्रतिशोधको राजनीतिले देशलाई अस्थिर बनायोः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले नेपालको राजनीति प्रतिशोधको प्रवृत्तिले ग्रसित भएको बताउँदै यसले देशलाई अस्थिर बनाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै बस्नेतले सरकारमा बसेका मन्त्रीहरू सरकारबाट बाहिरिने बित्तिकै जेल जाने प्रवृत्ति देखिएको बताउनुभयो । देशको लागि राम्रो काम गर्न खोज्ने नेताहरूलाई प्रतिशोध स्वरूप कारबाही गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले गर्दा मुलुकमा राम्रो काम गर्न चाहने नेताहरूलाई स्थान नदिने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले नेपालको राजनीति पाकिस्तानी मोडेलमा गइसकेको समेत बताउनुभयो । बस्नेतले तातोपानी नाका बन्द भएकोमा दुख व्यक्त गर्दै बार्षिक २२ अर्बभन्दा बढी राजस्व सङ्कलन हुने तातोपानी भन्सारको बाटो स्थायी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, बन्देउदेखि तातोपानीसम्मको सडक निर्माणमा १७–१८ अ...

दोलालघाटदेखि पचुवारघाटसम्म नेपालमै पहिलोपटक रिभर ट्यूबिङ

#, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्ग बारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । शुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएको थियो।’माझी किङ’ यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन। उहाँका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उनले भने, “नेपालमा पहाडी ...

रेडक्रस दिवसको अवसरमा चौतारामा रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको चौतारा अस्पताल प्राङ्गणमा विश्व रेडक्रस दिवसको अवसरमा रक्त सञ्चार सेवा केन्द्रको उद्घाटन र खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक, ब्लड डोनर्स एसोसिएसन नेपाल  र चौतारा अस्पतालको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । नगर प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्रको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्दै भविष्यमा सेवा केन्द्रलाई थप गुणस्तरीय बनाउने योजना रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले सेवा केन्द्रलाई आम जनतासम्म पु¥याउन नगरपालिका सधैं साथ रहने प्रतिवद्धता जनाउनुभयो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला शाखा सभापति राजेन्द्रमान ताल्चाभदेलले सेवा केन्द्रले आपत्कालीन अवस्थामा मानव ...

पत्रकारिताको पेशागत सुरक्षाको सुनिश्चिता अपरिहार्य : विज्ञहरु

ब्रेकिङ न्युज २, समाचार
–सिबी अधिकारी/रासस काठमाडौँ, २४ वैशाखः पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि नीतिगत र संरचनागन सुधार जरुरी रहेको आवश्यकता यस क्षेत्रका विज्ञहरुले औँल्याउनुभएको छ । व्यावसायिक पत्रकारिताको विकास र नागरिकप्रतिको उत्तरदायित्व निर्वाहका लागि स्वयम् पत्रकारले पनि उच्च व्यावसायिक अभ्यास गर्नुपर्ने र यसको प्रवर्द्धन र प्रोत्साहनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा उहाँहरुको जोड छ । राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा रासससँग कुराकानी गर्दै त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दर अर्यालले पत्रकारको पेशागत सुरक्षाका लागि लोकतन्त्र बलियो र सुदृढ हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताको पेशागत सुरक्षा लोकतान्त्रिकरण हो, लोकतन्त्र बलियो भयो भनेमात्रै पत्रकारिता सुरक्षित र जिम्मेवार हुन्छ ।” समाजमा जुनसुकैपक्षबाट गरिने ...

पर्वत समाज कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/ लोकप्रिय समाचार दैनिक पर्वत समाज कतारले उपचारको क्रममा फागुन ८ गते कतारमा निधन भएका संस्थाका आजीवन सदस्य दिपक परियारको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । फलेवास नगरपालिका–५ खानीगाउँ निवासी मृतक परियारको परिवारलाई नगर प्रमुख गंगाधर तिवारी र उप–प्रमुख शोभा कुमारी क्षत्रीको उपस्थितीमा पर्वत समाज कतारका संरक्षक एवं अन्तर्राष्ट्रिय पर्वत समाजका कार्यसमिति सदस्य नन्दलाल बिश्वकर्मा(अजय)ले सोमबार सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । पर्वत समाज कतारको तर्फबाट संकलित ५४ हजार ८ सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रिय पर्वत समाजको तर्फबाट प्राप्त ५० हजार गरि एकमुष्ट १ लाख ४ हजार ८ सय ३४ रुपैयाँ वडा अध्यक्ष नारायण लामिछानेलाई हस्तान्तरण गरिएको पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्रीले जानकारी दिनुभयो । स्वर्गीय परियारको छोरीहरु नावालिक रहेको र एकाघरका अभिवावक नभएकोले वडा अध्यक्ष...

मानसिक स्वास्थ्य, समस्या र समाधानका लागि अभिमुखीकरण अभियानः चौतारा साँगाचोकगढी नगरपालिकाको पहल

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले मानसिक स्वास्थ्य समस्याको पहिचान, समयमै उपचार, र आत्महत्या जस्ता घटनाहरूको न्यूनीकरणका लागि अभिमुखीकरण अभियान सञ्चालन गरेको छ । मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेका व्यक्ति, उनीहरूका परिवारका सदस्य, सरोकारवाला निकाय, जनप्रतिनिधिका बीचमा अन्तरक्रिया तथा अभिमुखीकरण अभियान चलाइएको हो । नगरपालिकाको वडा नम्बर १ स्याउलेको स्वास्थ्य चौकीमा भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानसिक रूपमा स्वस्थ रहनु व्यक्तिको लागि मात्रै नभएर समाजको लागि पनि महत्वपूर्ण रहेकाले आफूहरूले प्राथमिकताका साथ अभिमुखीकरण अभियान चलाएको बताउनुभयो । मानसिक समस्या लुकाउनुपर्ने वा देखाउन र भन्न नहुने समस्या नभएकाले समयमा नै पहिचान तथा उपचारका लागि खुलेर आफ्नो कुरा राख्न मेयर सापकोटाले अनुरोध गर्नुभयो ...

सिन्धुपाल्चोक जिल्लामा सक्रिय संचारकर्मीहरुलाई ‘एआई’ प्रशिक्षण

ब्रेकिङ न्युज २, समाचार
सगुन बस्नेत डिजिटल युगमा पत्रकारिताको स्वरूप तीव्र गतिमा परिवर्तन हुँदै गएको छ । यही सन्दर्भमा सोमबार राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले जिल्लाका सक्रिय पत्रकारहरुलाई एकदिने कार्यशालामार्फत पत्रकारहरूलाई एआईको प्रयोगबारे प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । पत्रकारीताको पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै पेशागत सुरक्षाको लागी नेपाल पत्रकार महासंघ बर्तमान कार्यसमिती लागी परेको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले बताउँनु भएको छ ।उहाँले पत्रकार महासंघका सदस्यहरुको बिवरण सम्पर्क नम्बर कार्यरत प्रतिष्ठान सहितको पहिचानयुक्त बिबरण सबैले जानकारी पाउँने गरी राख्न पर्ने सञ्चारकर्मीहरुको पेशागत सुरक्षाका लागी सबै नेतृत्व लागी पर्न पर्ने बताउँदै यो यसको सुरुवात गर्ने बताउँनु भयो । उहाँले पत्रकार महासंघका भावि कार्ययोजना ...