सम्पर्क

ब्रेकिङ न्युज २

घट्दै कोदोखेती, बाझिँदै बारी

ब्रेकिङ न्युज २, समाचार
पाल्पा एक दश अघिसम्म यहाँका गामीण भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले  गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको छ । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन् । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । दश वर्षअघिसम्म यहाँको बगनासकाली गाउँपालिका खानीगाउँका कमल गैरेको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उहाँले छाड्नुभएको छ ।  गैरेले कोदोखेती गर्दै आएको जग्गा वनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने कोही नभएको गैरेले बताउनुभयो । रैनादेवी छहराका मानबहादुर कार्की पनि धेरै कोदो उत्पादन गर्ने किसान हुनुहुन्छ । तर उहाँले पनि पछिल्लो वर्षमा लगाउन छाड्नुभएको छ । केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरालगायत ...

एनआरएनए ( एनसिसी) कतारले हेल्प लाईन सुचारू गर्‍यो

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारल कतारमा रहेका श्रमिकहरूको जन गुनासो सुन्न र सहजीकरण गर्न बिहीबार देखी हेल्प लाइन सुचारु गरेको छ । कतारमा श्रमिकका रूपमा रहेका नेपालीहरूलाई आई परेका विभिन्न समस्याहरूको समाधान गर्नको निमित्त नेपाली सङ्घले २०२५–२०२७ कार्यकालको लागी श्रमिक विभागका संयोजक सन्तोष पौडयाललाई सङ्घ अध्यक्ष कृष्ण पन्थीले ७०००१३५३ नम्बरको हेल्प हस्तान्तरण गर्दै हेल्प लाइन सुचारु गरिएको हो । संघको एघारौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित पन्थीले आफू निर्वाचित भएको दिन श्रमिकका समस्या सुन्न हेल्प लाइनको व्यवस्थापन गर्ने वाचा प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिलो प्राथमिकतामा रहेको हेल्प लाइन सुरुवाती समयमै सुचारु गर्न पाउँदा एनआरएनए एनसिसी श्रमिकमुखीका बन्नेमा विश्वास व्यक्त गर्नुभयो । श्रमिक विभागका संयोजक सन्तोष पौडेलले विभिन्न सम...
कृषकहरुलाइ सम्मानका साथ   खिर कार्यक्रम सँगै नेत्रज्योती कृषी सहकारीको साधरण सभा सम्पन्न

कृषकहरुलाइ सम्मानका साथ   खिर कार्यक्रम सँगै नेत्रज्योती कृषी सहकारीको साधरण सभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
चौतारासाँगाचोकढी नगरािसलका वडा न्र १४मा प्रधान कार्यलय रही नगर पालिका भरी कार्य क्षेत्र रहेको नेत्रज्योती कृषी सहकारी सस्थाको १३ साधरण सभा कृषकहरुलाइ सम्मानका साथ खिर खुवाउँदै सम्पन्न गरेको छ । चौतारासाँगाचोकगढी नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाको प्रमुख अतिथ्यतामा र नगर पालिकाका लेखा समितीका संयोजक तथा वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्यतामा सामुदायक भवन डडुवामा भएको कार्यक्रममा नेपाल बार एशोसिएशन जिल्ला अदालत इकाइका अध्यक्ष भुपेन्द्र बहादुर तामाङ थिङ्ग, नेपाल पत्रकार महासघं जिल्ला शाखाका कोषाध्यक्ष दिपक खत्री ,नगर सहकारी सञ्जालका सचिब चन्द्र बहादुर खत्री, जनहित दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष तथा डडुवा भवानी शङ्कर माबकिा प्र अ बद्री प्रसाद नेपाल, गाँउले सामुदायक बन उपभोक्ता सहकारी सस्थाका सचिब तथा सेती देबी आबीका प्र अ रिषीराम नेपाल, बज्रयोगिनी अपाङ...
लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउलागूऔषधको अवैध कारोबारमा संलग्न ६ जना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौँ महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष विक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शङ्कर राजवंशी रहेका छन् । राजवंशीको साथबाट १०९ दशमलव २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, मोबाइल नौ थान र नेपाली नगद रु ८२ हजार ६३५ बरादम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्...

साउन १५ः खीर खाएर मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्त...

सिन्धुलीमा बेपत्ता भनिएका हायू परिवार प्रहरीको सम्पर्कमा

ब्रेकिङ न्युज २, समाचार
यहाँको गोलन्जोर गाउँपालिका–६, बिखर कटेरी छेत्पाबाट एउटै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएको भनिए पनि उनीहरु आज जिल्ला प्रहरी कार्यालय पोखराको सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सबैजना प्रहरीको सम्पर्कमा आएका हुन् । ५२ वर्षीया उर्मिला हायूको परिवारका सबै सदस्यहरू शनिबार बेलुका इभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएको भन्ने सूचना प्राप्त भएको उहाँले जानकारी दिनुभयो । आज दिउँसोसम्म उक्त घरमा कोही पनि नदेखिएपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए । रासस...

अझै सम्पर्कमा आएका छैनन् हायू परिवार, शून्य छ आँगन

ब्रेकिङ न्युज २, समाचार
जङ्गलले ढाकिएको एकान्त ठाउँमा घर छ । भाँडाकुँडा छरपस्ट छन् । खरले छाएको भान्साघर जलेको छ । घर पालुवा पशुपन्छी भोकले कराइरहेका छन् । नपकाएको मासु गन्हाएको छ । १८ जनाले भरिएको त्यो घर अहिले शून्य छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पामा बस्दै आएको एउटा हायू परिवारै रहस्यमय रूपमा सम्पर्कविहीन हुँदा जिल्लावासी नै चकित छन् । श्रीमान् बितेपछि ५२ वर्षीया उर्मिला हायू (आमा) को छत्रछायाँमा परिवार चलेको थियो । यही परिवार चार दिनदेखि हराइरहेको स्थानीयवासी बताउँछन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उर्मिलासहित २७ वर्षीया कमला हायू (छोरी), २३ वर्षीया कोमल माया हायू (बुहारी), २२ वर्षीया उषा हायू (छोरी), १९ वर्षीया सुजता हायू (छोरी), १८ वर्षीया अस्मिता हायू (छोरी) १२ वर्षीया बालिका शान्ता हायू (छोरी) सम्पर्कविहीन छन् । यस्तै, २९ वर्षीय राजु हायू (छोरा), २४ वर्षीय हिमाल हायू (छोरा), १६ वर्षीय ला...
सङ्खुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मादेन लिम्बु सर्वसम्मत

सङ्खुवासभा समाज कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा मादेन लिम्बु सर्वसम्मत

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार सङ्खुवासभा समाज कतारले “चौथो अधिवेशन” भव्य रूपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजेन्द्र खनालको सभापतित्व तथा कोशी समन्वय परिषद् कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख आतिथ्यमा खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्र बाट आगामी कार्यकालका लागी सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका वडा नं. १ का बिरेन मादेन लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदम प्रसाद सिम्खडा, प्रथम उपाध्यक्षमा भवानी शंकर पौडेल, द्वितीय उपाध्यक्षमा मान बहादुर तामाङ, महासचिवमा शिव कुमार खत्री, उप महासचिवमा सञ्जय के.सी सचिवद्वय उमेश सुबेदी र विक्रम निरौला कोषाध्यक्षमा प्रकाश लिम्बु, सह कोषाध्यक्षमा खड्ग बस्नेत, साहित्य संयोजकमा राज कुमार सुवेदी,महिला संयोजकमा कृष्णा राई निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरूमा द...
सांगितिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक पन्थी गुल्मी सेवा समाजद्वारा सम्मानित

सांगितिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक पन्थी गुल्मी सेवा समाजद्वारा सम्मानित

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेका दोहोरी गायक बाबुराम पन्थी सम्मानित हुनुभएका छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको “११ औं महाधिवेशनमा प्रस्तुति दिन पुगेका गायक तथा सर्जक पन्थी सम्मानित हुनुभएको हुन् । कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गर्दै कलाकार पन्थीलाई सम्मान गरेको हो । गुल्मी सेवा समाज कतारका काःवा अध्यक्ष सुरज चन्द बोहोराको सभापतित्व तथा गायक पन्थीकै प्रमुख आतिथ्यमा “भेटघाट तथा सम्मान कार्यक्रम” सम्पन्न भएको हो । सम्मान कार्यक्रममा समाजका, संस्थापक सदस्य बाबुराम महत,समाजका काःवा अध्यक्ष सुरज चन्द बोहोरा, प्रमुख संरक्षक बुद्ध पाण्डेय, प्रमुख सल्लाहकार कमल अर्याल, सल्लाहकार कुमार अविरल पन्थी, लगायत अन्य व्यक्तित्वहरूले खादा ओढाएर सम्मान पत्र ग्रहण गर्दै सम्मान गर...
ठकुरी सहयोग सञ्जाल कतारले ११औं वार्षिकोत्सव भव्य रूपमा मनायो

ठकुरी सहयोग सञ्जाल कतारले ११औं वार्षिकोत्सव भव्य रूपमा मनायो

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार,लोकप्रिय समाचार दैनिक, कतार ठकुरी सहयोग सञ्जाल कतारले वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।समाजका अध्यक्ष खगेन्द्र शाही ठकुरीको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक उपाध्यक्ष डा.देव काजी डगोंलको प्रमुख आतिथ्यमा शुक्रवार फूलबारी रेस्टुरेन्टको सभा हलमा “११औं वार्षिकोत्सव” २०२५ भव्य रूपमा मनाएको हो । सम्पूर्ण अतिथिहरूलाई नेपाली ढाका टोपी शिरमा सजाई दिएर सम्मान गर्दै विधिगत रूपमा वार्षिकोत्सव अवसरमा केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रम संयोजक ईन्दिरा शाही ठकुरीले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पारेको कार्यक्रममा कलाकार जिया हमालले स्वागत नृत्य पेस गर्नुभएको थियो । समाजले एक बर्षे कार्यकालमा उत्कृष्ट कार्य गरेको कार्यसम्पादन समाजका महासचिव सुरत शाही ठकुरीले पेश गर्नुभएको थियो । डिजिटल साइबर सेक्रुटीका प्...