सम्पर्क

कृषकहरुलाइ सम्मानका साथ   खिर कार्यक्रम सँगै नेत्रज्योती कृषी सहकारीको साधरण सभा सम्पन्न

चौतारासाँगाचोकढी नगरािसलका वडा न्र १४मा प्रधान कार्यलय रही नगर पालिका भरी कार्य क्षेत्र रहेको नेत्रज्योती कृषी सहकारी सस्थाको १३ साधरण सभा कृषकहरुलाइ सम्मानका साथ खिर खुवाउँदै सम्पन्न गरेको छ । चौतारासाँगाचोकगढी नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाको प्रमुख अतिथ्यतामा र नगर पालिकाका लेखा समितीका संयोजक तथा वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्यतामा सामुदायक भवन डडुवामा भएको कार्यक्रममा नेपाल बार एशोसिएशन जिल्ला अदालत इकाइका अध्यक्ष भुपेन्द्र बहादुर तामाङ थिङ्ग, नेपाल पत्रकार महासघं जिल्ला शाखाका कोषाध्यक्ष दिपक खत्री ,नगर सहकारी सञ्जालका सचिब चन्द्र बहादुर खत्री, जनहित दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष तथा डडुवा भवानी शङ्कर माबकिा प्र अ बद्री प्रसाद नेपाल, गाँउले सामुदायक बन उपभोक्ता सहकारी सस्थाका सचिब तथा सेती देबी आबीका प्र अ रिषीराम नेपाल, बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी सस्थाका अध्यक्ष चतुर बहादुर तामाङ्ग लगाएत अतिथी रहनु भएको कार्यक्रममा शेयर सदस्हरुको उपस्थितीमा सभा भएको थियो । उक्त कार्यक्रममा नेत्र ज्योति कृषि सहकारी संस्था लिमिटेडले कृषि उत्पादनमुखी कार्यमा सक्रिय १३ जना कृषकलाई सम्मान समेत गरेको छ । सहकारीको १३औँ वार्षिक साधारण सभाको अवसरमा, खेतीयोग्य जमिन बाँझो नराखी खाद्यान्न तथा तरकारी उत्पादन गर्दै आत्मनिर्भरता र आयआर्जनमा योगदान पुर्याउने उत्कृष्ट कृषकलाई प्रशंसा पत्र प्रदान गरिएको हो। सम्मानीत कृषकहरुलाइ प्रशंसा पत्र प्रदान गर्दै प्रमुख अतिथी प्रमुख प्रशासकीय अधिकृत सापकोटाले सहकारीमार्फत पारदर्शी र स्तरीय कार्यसम्पादनका लागि नगरपालिका नीतिगत आधार तयार भइसकेको र अब कार्यान्वयनमा जाने बताउँनु भयो । सापकोटाले राम्रा काम गर्नेलाए प्रोत्साहन ष्गर्न पर्ने बताउँनु हुँदै नगरका उत्कृष्ट ५ कृषी सहकारीलाई प्रती सहकारी एक लाख रुपैयाँ बीउ पूँजी उपलब्ध गराउने सुचना आइ सकेको बताउँनु भयो । उँहाले उत्पादनमा आधारित अनुदानको लागी नगरपालिकामा मापदण्ड बनेको बताउँनु हुँदै व्यवसायिक कृषकलाई कृषि शाखामा सूचीबद्ध हुन आग्रह गर्नु भयो । उँहाले साथै, नगरपालिकाले चाँडै कृषि एप सञ्चालनमा ल्याउने समेत सो अबशरमा जानकारी गराउँनु भयो । बिशेष अतिथी वडा अध्यक्ष उद्धव नेपालले नगरपालिकाले बिउबिजन, मल लगायतमा अनुदान दिँदै आए पनि धेरै जमिन अझै बाँझो रहेको बताउँदै, सबैलाई उत्पादनमुखी कार्यमा एकजुट हुन आह्वान गर्नु भयो ।नगर सहकारी सञ्जालका सचिव चन्द्र बहादुर खत्रीले सहकारीलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न सञ्जाल सक्रिय रहेको बताउँनु भयो । जनहित दुग्ध उत्पादन सहकारीका अध्यक्ष बद्री प्रसाद नेपालले नेत्र ज्योति कृषि सहकारीका कार्यको प्रशंसा गर्दै, सहकारी सस्थाले गरेका कामहरुकोस्थायित्वमा पनि ध्यान दिन सुझाव दिनु भयो । गाँउले सामुदायक बन उपभोक्ता सहकारी सस्थाका सचिब रिषीराम नेपालले सहकारतिाका माध्ययमबाट काम गर्न सिकाएकोमा नेत्र ज्योतत्ीकृषाी सहकारी सस्थालाइ बिशेष धन्यबाद दिनु भयो ।कार्यक्रममा बार सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङ,ले सहकारीताको माध्ययमबाट गरिएका हरेक कामहरु सफलतामा गएको बताउँनु भयो । पत्रकार महासंघका कोषाध्यक्ष दिपक खत्री ले उत्पादन अनुदानमा सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्नु भएको थियो । सस्थाका सचिब धन कुमार नेपालले निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने सभाले एक करोड तिस लाख बराबरको आम्दानी खर्च अनुमोदन गर्नुका साथै रिक्त रहेको पद उपाध्यक्षमा राम बहादुर सार्की सहसचिबमा डोक बहादुर बोहोरा र सदस्यहरुमा मैया रम्तेल प्रमिला बिसुखें माँया पुरी लाइ आगामी कार्यकालको लागी पदाधिकारीमा सर्बसम्मत गरेको छ भने कर्जा उपसमितीमा तोकबहादुर तामाङ्गको संयोजकत्वमा शुसिला पुरी, पर्बाती रिसाल रहनु भएको समिती गठन भएको छ ।सहकारीका अध्यक्ष कृष्ण बहादुर नेपालले स्थानिय सरकार तथा विभिन्न संस्थासँगको साझेदारीमा उत्पादनमुखी काम गर्दै आएको उल्लेख गर्दै, कृषकलाई थप प्रोत्साहनका लागि यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । नेत्र बहादुर बस्नेतले सञ्चालन गर्नु भएको कार्यक्रममा सहकारी सस्थाले उपस्थित सबै लाइ खिर खुवाएको थियो ।