सम्पर्क

ब्रेकिङ न्युज २

मेलम्चीमा अनुगमनः कानूनी मापदण्ड पुरा नगर्ने स्वास्थ्य संस्था बन्द

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा मंगलबार संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा कानूनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालन भएका विभिन्न स्वास्थ्य संस्थामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । उहाँका अनुसार जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७, बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन २०८१ तथा प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली २०८१ बमोजिम मापदण्ड नमान्ने संस्थामाथि कानूनी कारबाही गरिनेछ । अनुगमन टोलीले मेलम्ची बजारमा रहेका इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि. र जुगल डेन्टल क्लिनिकलाई अनुमति र मापदण्ड पूरा नगरेको भन्दै तत्काल बन्द गर...

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २८ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गर्नुभयो । ‘जेनजी’ आन्दोलनका क्रममा साङ्घातिक हमलामा परी घाइते हुनुभएका उहाँ आज पहिलोपटक सार्वजनिक रुपमा देखिनुभएको हो । उक्त आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उहाँले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उ...

भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् ः सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले (भदौ २३ र २४ गते) भएको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग माग गर्नु भएको छ। उँहाले ३५ दिन पछी सार्वजनिक हुँदै नेपाली काँग्रेसको केन्द्रिय कार्यलयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले ‘त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ ।’यसको तुरुन्त छानबीन गरि दोषीलाइ कार्बाही गर्न पर्छ भन्नु भयो । देउवाले भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा अर्कै रुप लिएको कारण निर्दोष नवयुवक...

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय

ब्रेकिङ न्युज २, समाचार
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । यसैबिच, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । सोमबार चाँदी तोलामा तीन हजार २२० रुपियाँ कायम भएको थियो । रासस...

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौँ

ब्रेकिङ न्युज २, समाचार
वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो । वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेकोे मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।” काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी ...

बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

ब्रेकिङ न्युज २, समाचार
यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्गमा अस्थायी सडक निर्माण कार्य तीव्र गतिमा सम्पन्न भएपछि आजदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपाल...

ट्रायल सेन्टर टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  ट्रायल सेन्टर छनौट सम्बन्धी टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेको छ । को माग मिलेमतोमा चलखेल गरी गरिएको भन्दै ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघहरुले माग गरेको छ । काठमाण्डौ, भक्त पुर, ललितपुर र काभ्रे शाखाहरुले सयुक्त बिज्ञेप्ती जारी गर्दै बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोप लगाउँदै त्रिकार सम्मेलनमा बोल्ने बक्ताहरुले त्तकाल खारेजीको माग समेत गरेका छन ।ड्राइभिङ स्कूल संघ नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीले नीति नियम र कानुन विपरित १५ दिने सूचना दिनु सरासर गलत भएको बताउँनु हुँदै विनाप्रतिस्पर्धा गुपचुप सेटिङमार्फत एउटा ट्रायल स...

करिना पुरी फिफाको एन्टी–डोपिङ कार्यक्रमका लागि छनोट

ब्रेकिङ न्युज २, समाचार
नेपालको युवा खेलाडी करिना पुरीले अन्तर्राष्ट्रिय खेल प्रशासनमा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ । संकटा क्लबकी फुटबलर र कानून विद्यार्थी पुरी फिफाको ‘एक्जिक्युटिभ प्रोग्राम इन एन्टी–डोपिङ’ मा विश्वभरका २८ जनामध्ये एक भएर छनोट हुनुभएको हो । यो कार्यक्रममा सहभागी हुने उहाँ पहिलो नेपाली खेलाडी हुनुहुन्छ । फिफाको यो कार्यक्रम खेलमा हुने डोपिङ नियन्त्रणका विषयमा विश्वकै प्रमुख पहल मानिन्छ । सहभागीहरूले एन्टी–डोपिङ कोड, परीक्षण, प्रतिबन्ध, खेलाडी अधिकार र अन्तर्राष्ट्रिय नियमनबारे प्रशिक्षण पाउँछन् । एन्फाका एक अधिकारीका अनुसार, “करिनाको छनोट देशकै खेल इतिहासका लागि गर्वको विषय हो ।” २३ वर्षीया करिना बहुमुखी खेलाडी हुन्—उनले क्रिकेट प्रशिक्षण लिएकी र एशियन गोजुर्यु कराते प्रतियोगितामा दुई स्वर्ण जितिसक्नुभएको छ । हाल कानून अध्ययनरत उनी खेल र कानूनी ज्ञान दुवै क्षेत्रमा सक्रिय हुनुहुन्छ । नेपालम...

पत्रकार आक्रमणप्रति काठमाडौं शाखाको भर्त्सना

ब्रेकिङ न्युज २, समाचार
काठमाडौं  कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाका सचिव रमेश कुमार बोहोराले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत असहिष्णुता वा रिसइवीको परिणाम मात्र नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ । “यस प्रकारका कार्यले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि गम्भीर अतिक्रमण गरेको छ ।” शाखाका अनुसार पत्रकार नजर राम महर्जन आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने क्रममा रामेश्वर महर्जनले सार्वजनिक रूपमा अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको विवरण प...

विपद्मा बेपत्ताको खोज तथा उद्धारलाई निरन्तरता दिइने

ब्रेकिङ न्युज २, समाचार
विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपद्मा परी बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय गरेको छ । सो निर्णयसँगै उक्त कार्यमा खटिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । अवरुद्ध सडक खुलाउन, अव्यवस्थित यातायातलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी तत्काल व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ । खानेपानी, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका स्थानमा सम्बन्धित निकायले यथाशीघ्र पुनःसञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । राहत सामग्री वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहमार्फत एकीकृत प्रणाली अपनाइ वितरण गर्ने नीति तय गरिएको छ । मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुनअनुसार राहत उपलब्ध गराउन गृह मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न स्वास्थ...