लामोसाघुँ ड्याम बिबादमा अचानक ८याम खोल्दा शब बगायो मलामी भागभाग
सिन्धुपाल्चोक जिल्लाको सिन्धु जलविद्युत् वितरण केन्द्र, लामोसाँघुस्थित ड्याम आइतबार दिउँसो अचानक पूर्व सूचना बिना आकस्मिक रूपमा खोलिदिदा स्थानीयहरुले बिरोध गरेका छन । हिउँदको समयमा एक्कासी बाँध खोल्छ भन्ने कसैलाइ पनी शङ्का समेत थिएन । तर त्यस बेला एक्कासी आएको बाढीले अन्त्येष्टिको तयारीमा राखिएको शव बगाएर मलामीहरु समेत ज्यान जोगाउँन भागाभाग भए पछि स्थानीय हरु आक्रोसित बनेका हुन । आक्रोशित स्थानीयले लिखित सहमति नआएसम्म नहरमा पानी नहाल्ने भए पछी स् उत्पादन रोकिएको छ । बिदुत सप्लाइ पनी बन्द भएको छ । पूर्व सूचना बिना पटक–पटक ड्याम खोलिनु, अनियन्त्रित रूपमा पानी नहर तथा बस्ती क्षेत्रमा छोडिनु, खेतीपाती तथा संरचनामा निरन्तर क्षति पुगिरहनु र विगतका प्रतिबद्धता कार्यान्वयन नहुनुजस्ता समस्या लगातार दोहोरिएको स्थानीयको गुनासो छ । नहर कटानका कारण निर्माणाधीन संरचना दुई पटकसम्म बगेको र करिब १०० मिटरभन...
