बिभिन्न कार्यक्रम सहीत सिन्धुपाल्चोकमा उद्योग दिबस मनाइएको छ । उद्योग तथा बाणीज्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा मनाइएको उद्योग दिबसमा सेवाग्रही हरुलाइ सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीहरुलाइ समेत सम्मान गरिएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाको प्रमुख आतित्थ्यता तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५का वडा अध्यक्ष शिव श्रेष्ठको विशेष आतित्थ्यतामा सम्पन्न कार्यक्रममा पहिलो सेवाग्राही पुष्कर बेकेरीका
सञ्चालक सोभिता श्रेष्ठ, जिल्लाकै उत्कृष्ट उद्यमी सुनौलो विहानी कृषि तथा पशुपालान फर्म डडुवा की सञ्चालिका राधिका बस्नेत र उत्कृष्ट कर्मचारकिा रुपमा तालिम सहजकर्र्ता यशोदा कार्की सहीतलाइ सम्मान गरिएको थियो । कार्यलयका प्रमुख पं्रशिक्षक निर्देशक प्रबिण बस्नेतले सञ्चालन गर्नू भएको कार्यक्रममा सहभागी हरुले उद्योग दर्तामा दोहोरो शुल्क तिर्न परेकोमा गुनासो ब्यक्त गर्नु गरेका थिए भने उद्योग तथा बाणीज्य कार्यलयका कार्यलय प्रमुख कार्यालय प्रमुख श्री त्रिपुरारी बख्रेलले दोहोरो व्यवसाय गर्नेले सुबिधा लिनका लागी स्थानीय सरकार र बाणीज्य कार्यलयमा शुल्क बुझाएर दर्ता गर्ने परम्परा रहेको बताउँनु भयो । उँहाले जिल्लाभर रहेका उद्योग तथा वाणिज्य क्षेत्रका गतिविधिहरूको मूल्यांकन गर्दै बजार अनुगमन, सेवा प्रवाह र उत्कृष्ट कार्यका आधारमा सम्मानसमेत गरिएको बताउँनु भयो ।
उँहाका अनुसार उद्योग तथा वाणिज्य कार्यालयले गरेको बजार अनुगमनबाट ७४ लाख २९ हजार १ सय ५ रुपैयाँ राजस्व संकलन गरेको र चालुुआर्थिक वर्षमा ३ सय ६९ व्यवसायको अनुगमन गरिएको छ भने २ सय ४ व्यवसायलाई दर्ता तथा नवीकरणका लागि सचेत गराइएकोे छ।
कार्यक्रममा एकजना सफल उद्यमी, गत आ.व. मा संचालित तालिम कार्यक्रमका प्रशिक्षकहरूलाई सम्मान गर्दै प्रमुख अतिथी नगर उपप्रमुख सिता थापाले उद्योग व्यवसायीलाइ नगरपालिकाले हरेक प्रकारले सहयोग गरिरहेको बताउँनु हुँदै बिशेष गरि स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीहरुको प्रयोग गरी उद्योग सञ्चालन गर्नेका लागी स्थानीय सरकारले पहिलाृे प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो । बिशेष अतिथी वडा अध्यक्ष शिब श्रेष्ठले उद्योग तथा बाणज्यि कार्यलय सिन्धुपाल्चोकले स्थानीय सरकार सँग सम्मन्वय गरेर काम गरेकोहुँदा बिशेष धन्यबाद दिनु भयो । यसै कार्यक्रममा नेपाल पत्रकार महासघंका उपाध्यक्ष कमला पाखी्रन, ,साना तथा मझौला व्यवसायी महासंघका हरी कुमार श्रेष्ठ जिल्ला उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उध्योग महासंघ लघु उध्यमी संघका प्रमुख एवम् प्रतिनिधिहरू र उध्योगी एवम् व्यवसायीहरू, तालिमका प्रशिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

