सिन्धुपाल्चोक । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक यातायातमा लैङ्गिक मैत्री व्यवस्था तथा जेष्ठ नागरिक–अपाङ्गता मैत्री सेवाको अवस्था बुझ्न स्थलगत निरीक्षण गरेको छ ।
मंगलबार गरिएको निरीक्षणका क्रममा चौताराको बसपार्क तथा टुडिखेल आसपास सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूमा लैङ्गिक हिंसा रोकथाम सम्बन्धी जनचेतनामूलक स्टिकर टाँस्ने कार्य पनि गरिएको नगरपालिका उपप्रमुख सिता थापाको भनाई छ । विशेषगरी सार्वजनिक यातायातमा महिलामाथि हुने दुव्र्यवहार तथा हिंसा न्यूनीकरण गर्ने उद्देश्यले स्टिकर टाँसिएको हो। यसले यात्रुहरूले हिंसा पहिचान, जानकारी तथा प्रतिकारका उपायबारे सचेतना पाउने अपेक्षा गरिएको छ।
निरीक्षण तथा स्टिकर टाँस्ने कार्यक्रममा नगरपालिका उपप्रमुख थापा, महिला तथा बालबालिका शाखाका कर्मचारी, महिला संजालका प्रतिनिधि, पत्रकार तथा नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता थियो।
