सम्पर्क

ब्रेकिङ न्युज २

राजनीति ठीक भयो भने मात्रै खेल ठीक हुन्छ ः गाउँपालिका अध्यक्ष तामाङ

खेलकुद, ब्रेकिङ न्युज २
सन्तोष सिग्देल इन्द्रावती गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय माहासंघका महासचिब बंशलाल तामाङले राजनीति ठीक भयो भने मात्रै खेल ठीक हुने बताउनुभएको छ । नमुना युवा जागरण समूहको आयोजनामा भएको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७८ को समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका तामाङले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले खेलले शारिरीक रुपमा स्वस्थ हुँदै राष्ट्रको नाम समेत रहने पनि बताउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस मेलम्ची नगर सभापति बसन्त गुरुङ, मेलम्ची नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ इन्द्रावती ५ का अध्यक्ष दुर्गा बहादुर तामाङ लगायत नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरु पनि उपस्थिती रहेको थियो । कार्यक्रम नमुना युवा जागरण समूहका अध्यक्ष तथा प्रतियोगिता संयोजक ओम तामाङ वाइबाको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगिता बिभिन्न संस्...

नेकपा एमाले मेलम्ची ७ ले चुम्यो जिल्ला भलिवलको उपाधी

खेलकुद, ब्रेकिङ न्युज २
जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधी नेकपा एमाले मेलम्ची ७ वडा कमिटीले हात पारेको छ । फाइनलमा सिन्धु भ्याली खेलकुद समिती भोटेचौरलाई सोझो सेटमा पराजित गर्दै उपाधीमाथी कप्जा जमाएको हो । वडा कमिटीले सिन्धु भ्यालीलाई २५–१७ २५–१७ र २५–२२ को सेटमा हराउँदै उपाधी जितेको टिम संयोजक तथा वडा सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । जीत सँगै वडा कमिटीले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सिन्धु भ्यालीले रु. ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो स्थानको लागी भएको खेलमा हिमशिखर युवा क्लबलाई हराउँदै आयोजक नमुना युवा जागरण समूहले २० हजार नगद प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुने टोलीले पनि सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नमुना युवा जागरण समूहको आयोजनामा मैसिर २८ बाट सुरु भएको प्रतियोगिताको आज समापन भएको हो ।  ...

नवलपुरको लहरेमानेमा नवलपुर घ्याङ गुठी गुम्बा बन्ने

ब्रेकिङ न्युज २, समाचार
ईन्द्रावती गाउँपालिकाका वडा नं. ४ लहरेमानेमा नवलपुर घ्याङ गुठी गुम्बा निर्माण हुने भएको छ । गुम्बाको एक कार्यक्रम गरी ईन्द्रावती गाउँपालिका अध्यक्ष बँशलाल तामाङले शिलान्यास गर्नुभएको छ । पाँच करोड ६९ लाख ६ हजार २० रूपैयाँको लगानीमा निर्माण हुने गुम्बाको निर्माण गर्ने जिम्मेवारी धर्मा एस गौरी गणेश जे भी कम्पनीले पाएको छ । २ वर्षमा गुम्बाको निर्माण सम्पन्न हुने कम्पनीले बताएको छ । गुम्बाको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष तामाङ निर्माण कम्पनिलाई गुणस्तरीय काम गरेर तोकिएकै समयमा काम सक्न निर्देशन समेत दिनुभएको छ । गुम्बा गाउँको एक पहिचान हुने आशा राख्दै अध्यक्ष तामाङले गुम्बा निर्माणमा स्थानिय र सरोकारवाला नियायलाई सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन सिन्धुपाल्चोकका प्राविधिक प्रकाश कार्कीले गुम्बाको अन्तिम सँरचनासममको काम यसै परियोजनाले गर्ने जानकारी दि...

आफ्नै भवनमा चौतारा साँगाचोकगढी नगरपालिका

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै सुविधासम्पन्न नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने भएको छ । नगरको नवनिर्मित भवनको नगरपालिकाका प्रमुख अमानसीं तामाङ ले एक कार्यक्रमका विच उद्धघाटन गरी सेवा सुचारु गरिएको छ । नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २५ लाख ४९ हजार आँठ सय खर्च गरी सो भवन निर्माण सम्पन्न भएको हो । । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले नगरपालिका भवन मात्रै नभएर नगरभित्र वडा कार्यालयदेखी विभिन्न कार्यालयका भवनहरु समेत वनिसकेको बताउनुभयो । उहाँले भूकम्पपछी टहरामा रहेका जनतालाई पक्की घरमा स्थान्तरण गर्न सफल भएको समेत बताउनुभयो । नगरपालिकाले विकास निर्माणका काम मात्रै गरेर नहुने बताउँदै नगर प्रमुख तामाङले जनताको घरमा कालोपत्रे छ तर त्यो चिल्लो पिचमा गाडी आउँछ तर गाडीभाँडा तिर्ने पैसा छैन भने त्यसलाई विकास भन्न नहुने बताउनुभयो । उहाँले आँगनमा पानीको धारा छ तर त्यो प...

एक सभापति, एक सहमहामन्त्री सहित ५२ केन्द्रीय सदस्यले लिनुभयो उम्मेदवारी फिर्ता

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा मनोनयन दर्ता गराउनुभएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो साढे १२ बजेसम्म निर्धारण गरिएको थियो । सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिनुभएको छ । महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने चार सय ९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेक...

पहिलो चरणमा नै जित हासिल गर्ने डा. शेखरको दावी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताउनुभएको छ । महाधिवेशनमा संस्थापन इत्तर समुहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार विहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समुहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढि मत ल्याएर जित हासिल हुने बताउनुभएको हो । उहाँले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्सेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , शुशिल कोइरालाले सपना देखे अनुसारको पार्टी गर्न आफ्नो टिम सक्षम रहेको दाबी गर्नुभयो । कांग्रेसमा आबश्यक रुपान्तरण गर्न आफ्नो टिम सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको बताउनुभएको हो । उहाँले उर्जा र अनुभव सहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न उहाँले क...

पोखरे भञ्ज्याङ् साना किसानको साधारणसभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं –७ दुवाचौर स्थित पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वडा न ७ को कार्यालय प्राङ्गणमा आयोजित साधारणसभाको उदघाटन वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सहकारीको माध्यम बाटै समाजको आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयको माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले सहकारी मार्फत एकीकृत भएर ब्यबसायिक कृषि तथा पशुपालन गर्न आग्रह गर्नुभयो । उहाँले नगरले कृषी र पशुमा दिएको अनुदान , बिमा लगायत कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । संस्थाका अध्यक्ष कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाका कुल शेयर सदस्य ५सय ७० जना रहे...

लैङ्गिक हिंसा विरुद्धको १६ दिन ,सचेतना र आयआर्जन मुलक काममा मेलम्चीको जोड

ब्रेकिङ न्युज २, समाचार
 दिपीन ढुँगाना मेलम्ची नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक कार्यक्रम १३वटै वडामा गर्दै सम्पन्न गरेको छ । कानुनी अन्र्तक्रिया , अनुशिक्षण, बक्तित्वकला, नाटक प्रर्दशनी,विद्यालयमा वक्तित्वकला लगायतका विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरिएको नगरपालिकाले जनाएको छ । हरेक बर्ष लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिन्छ । यसै अनुरुप मेलम्ची नगरपालिकाले पनि विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै लक्षितवर्ग लाई आयआर्जन सँग जोड्नका लागि विभिन्न सिपमुलक तालिम देखि सम्मान कार्यक्रम समेत गरेको छ । समाजमा अशक्त, अपांगता भएका ब्यक्ति, एकल महिला लगायतले अझैपनि हिंसाको सिकार हुन परिरहेको छ । त्यस्ता घटनाहरुलाई बाहिर ल्याउन र हिंसा सहेर बस्न हुँदैन भन्ने सन्देश दिनका लागि नगरपालिकाले वडा वडाम...

राजनीतिमा महिला सहभागिता बढाउन जोड

ब्रेकिङ न्युज २, राजनिती
सिन्धुपाल्चोक, जुगल गाउँपालिकाकी उपप्रमुख सिर्जना तामाङ ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुदा २३ वर्षकी हुनुहुन्थ्यो । सानै उमेरमा बोझिलो जिम्मेवारी लिनुभएको उहाँ जनताको सेवामा सधैं जिम्मेवार रहनुभयो । विकट गाउँपालिकाको पूर्वाधार समस्या, कानुनी अस्पष्टता, असमान जिम्मेवारी लगायत चुनौती र यदाकदा पारिवारिक असन्तुष्टि सामना गर्दै अघि बढिरहनुभएको उहाँले राजनीतिक यात्राको खाका समेत तय गर्नुभएको छ । स्थानीय जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा खासगरी महिला जनप्रतिनिधिहरुले राजनीतिक जिवनलाई निरन्तरता दिन र नेतृत्व लिन सक्छन् या सक्दैनन् भन्ने बहस चलिरहदा उहाँले १० वर्षे खाका नै तयार पारेको बताउनुभयो । शुक्रबार ललितपुरमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो , ‘उपमेयर, उपप्रमुख धेरैले अबको निर्वाचनमा मेयर वा अध्यक्षमा दा...

जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

खेलकुद, ब्रेकिङ न्युज २
देवराज सुवेदी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नमुना युवा जागरण समुह मेलम्ची –७ छापको आयोजनामा हुने उक्त प्रतियोगिता यहि मंसिर २८ देखि पौष २ गतेसम्म दुवाचौर सामुदायिक खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुनेले क्रमशः रु. ५० हजार र २० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर रु. ५ हजार लाग्ने संयोजक ओम तामाङ वाईबाले जानकारी दिनुभयो । देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरु धेरै रहेकाले युवा खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको नमुना युवा जागरण समुहका अध्यक्ष सिरचा तामाङले बताउनु भयो ।  ...