
जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधी नेकपा एमाले मेलम्ची ७ वडा कमिटीले हात पारेको छ । फाइनलमा सिन्धु भ्याली खेलकुद समिती भोटेचौरलाई सोझो सेटमा पराजित गर्दै उपाधीमाथी कप्जा जमाएको हो । वडा कमिटीले सिन्धु भ्यालीलाई २५–१७ २५–१७ र २५–२२ को सेटमा हराउँदै उपाधी जितेको टिम संयोजक तथा वडा सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । जीत सँगै वडा कमिटीले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सिन्धु भ्यालीले रु. ५० हजारमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो स्थानको लागी भएको खेलमा हिमशिखर युवा क्लबलाई हराउँदै आयोजक नमुना युवा जागरण समूहले २० हजार नगद प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुने टोलीले पनि सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नमुना युवा जागरण समूहको आयोजनामा मैसिर २८ बाट सुरु भएको प्रतियोगिताको आज समापन भएको हो ।
