नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठन, सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष पदमा गोपाल खड्का चयन हुनुभएको छ।
बुधबार चौतारामा सम्पन्न सम्मेलनले अध्यक्षमा खड्का सहित २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीको प्रमुख आतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामागं लगाएतका माओबादी नेताहरुको उपस्थितीमा भएको सम्मेलनले उपाध्यक्षमा रामप्रसाद सापकोटा , शंकरप्रसाद पराजुली , रुद्रलोचन नेपाल, सचिवमा बुद्धिप्रसाद आचार्य , सहसचिव मिङमार तामाङ र कोषाध्यक्ष सृजना थापालाई चयन गरेको छ ।
यस्तै समितिको सदस्यहरुमा रमेश गौतम, हिरामाया गिरी, शुक्रप्रसाद आचार्य , गणेशप्रसाद कोइराला , ज्ञानेन्द्र नेपाल, अप्सरा नेपाल, बसन्त भण्डारी निमा तामाङ , बुद्धिबहादुर तामाङ , तेजबहादुर तामाङ , रामकृष्ण सुनुवार, ज्ञानप्रसाद दंगाल, जीवन लामा, दोर्जे लामा, सेते तामाङ , सानू गोले, कामीबहादुर लामा, दावा साङ्गे लामा, लक्ष्मिनारायण नेपाल, गजेन्द्र थापा, श्रीकृष्ण दंगाल, सफलता भण्डारी , नेत्रबहादुर तामाङ रहनु भएको छ । माओबादी निकट बुद्धीजिबीहरुको भेलाले उक्त कमिटी गठ
न गरेको हो । ।
