सम्पर्क

काँग्रेस नेता राजु गोर्खलीद्वारा न्यानो कपडा वितरण

नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य राजेन्द्र गोर्खाली(राजु) ले बालबालिका आधरभुत विद्यालय मा न्यानो कपडा वितरण गर्नु भएको छ । कांग्रेस नेता गोर्खालीले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–७ को बालबालिका आधरभुत विद्यालय मा अध्ययनरत दलीत असाय तथा न्युन आय भएका नागरिकहरुका बालबालीकालाइ न्यानो कपडा आबश्यक छ भनी माग भइ आएकोले आफुले बिद्यालयमा नै गएर वितरण गरिएको बताउँनु भयो ।
विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रम को विचमा नेताद्वय गोर्खाली र श्रेष्ठले विद्यालयका प्रधानध्यपक इच्छाराम दँगालको उपस्थिति मा विद्यालयमा अध्ययनरत निम्न वर्गीय १२० जना विद्यार्थी लाई उक्त न्यानो कपडा वितरण गरिएको हो ।

  • न्यानो कपडा वितरण पछि विद्यालय का प्रधानध्यापक दंगालले सहयोग को लागि धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो ।साथै दुवै सहयोगी नेतालाई सम्मान पत्र पनि वितरण गर्नुभयो ।

जाडो बढ्दै गएकोले यस बाट सुरक्षित रहन र विद्यार्थी लाई इमानदार र असल बनी अध्ययन गर्न गोर्खालीले अनुरोध गर्नु भयो उँहाले यसका लागी बिशेष पहल गरिदिनु हुने नेपाली काँग्रेसका क्षेत्रीय सचिब केशब श्रेष्ठलाइ समेत बिशेष धन्यबाद दिनु भयो । नेता गोर्खालिले हेलम्बु गाउँपालिकाका ६५ घरधुरी पहिरो पिडितलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले ईन्द्रावती नदीमा आएको बाढी र पहिरोमा परेकाहरूलाई पनि लाखौंको सहयोग गर्नुभएको थियो । आगामी दिनमा सिन्धुबासीको हरेक समस्याका समधानका लागी आफु लागी पर्ने बताउँदै सिन्धुको बिकासका कार्यहरुमा अग्रस्थानमा रहेर काम गर्ने समेत बताउँदै गोर्खालीले शिक्षा नै मानीसको मुख्य धन भएको बताउँनु भयो ।
न्यानो कपडा वितरण पछि विद्यालय का प्रधानध्यापक दंगालले सहयोग को लागि धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो ।साथै दुवै सहयोगी नेतालाई सम्मान पत्र पनि वितरण गर्नुभयो ।