सम्पर्क

सिन्धुपाल्चोकका दुई नेता बागमती प्रदेशको सह–इञ्चार्ज

सिन्धुपाल्चोकका दुई नेताहरुले नेकपा एमाले बागमती प्रदेश सह–ईन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।
सह –ईन्चार्जको जिम्मेवारी पाउनेहरुमा शेरबहादुर तामाङ र अरुण नेपाल रहनुभएको छ । मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै जारी गरिएको अन्तरपार्टी निर्देशन अनुसार स्थायी कमिटी समेत रहेका तामाङले बागमती प्रदेश सह–इञ्चार्जको साथै सिन्धुपाल्चोक इन्चार्जको समेत जिम्मेवारी पाउनुभएको छ । बागमती प्रदेश सहइन्चार्ज पाएका नेता पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ ।
यसैगरी सिन्धुपाल्चोक जिल्ला सह–इञ्चार्जमा दावा तामाङ र सरेश नेपाललाई जिम्मेवारी तोकिएको छ । तामाङ पूर्वमाओवादी धारका नेता हुनुहुन्छ ।