सम्पर्क

राजनीति ठीक भयो भने मात्रै खेल ठीक हुन्छ ः गाउँपालिका अध्यक्ष तामाङ

सन्तोष सिग्देल

इन्द्रावती गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय माहासंघका महासचिब बंशलाल तामाङले राजनीति ठीक भयो भने मात्रै खेल ठीक हुने बताउनुभएको छ । नमुना युवा जागरण समूहको आयोजनामा भएको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७८ को समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका तामाङले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले खेलले शारिरीक रुपमा स्वस्थ हुँदै राष्ट्रको नाम समेत रहने पनि बताउनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस मेलम्ची नगर सभापति बसन्त गुरुङ, मेलम्ची नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ इन्द्रावती ५ का अध्यक्ष दुर्गा बहादुर तामाङ लगायत नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरु पनि उपस्थिती रहेको थियो । कार्यक्रम नमुना युवा जागरण समूहका अध्यक्ष तथा प्रतियोगिता संयोजक ओम तामाङ वाइबाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतियोगिता बिभिन्न संस्कृतिक कार्यक्रमको साथमा समापन भएको हो । कार्यक्रममा गायक प्रकाश तितुङ, गायिका सुजिता योञ्जन र गायक तथा मोडल ओम तामाङ वाइबाको साथमा ब्रेक ट्युबलाइट डान्सर जीबन लामा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएको आयोजकले जानकारी दिएका छन् ।