सम्पर्क

आफ्नै भवनमा चौतारा साँगाचोकगढी नगरपालिका

चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नै सुविधासम्पन्न नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने भएको छ । नगरको नवनिर्मित भवनको नगरपालिकाका प्रमुख अमानसीं तामाङ ले एक कार्यक्रमका विच उद्धघाटन गरी सेवा सुचारु गरिएको छ ।
नगरपालिकाको आफ्नै स्रोतबाट ७ करोड २५ लाख ४९ हजार आँठ सय खर्च गरी सो भवन निर्माण सम्पन्न भएको हो । । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले नगरपालिका भवन मात्रै नभएर नगरभित्र वडा कार्यालयदेखी विभिन्न कार्यालयका भवनहरु समेत वनिसकेको बताउनुभयो । उहाँले भूकम्पपछी टहरामा रहेका जनतालाई पक्की घरमा स्थान्तरण गर्न सफल भएको समेत बताउनुभयो ।

नगरपालिकाले विकास निर्माणका काम मात्रै गरेर नहुने बताउँदै नगर प्रमुख तामाङले जनताको घरमा कालोपत्रे छ तर त्यो चिल्लो पिचमा गाडी आउँछ तर गाडीभाँडा तिर्ने पैसा छैन भने त्यसलाई विकास भन्न नहुने बताउनुभयो । उहाँले आँगनमा पानीको धारा छ तर त्यो पानीमा मिसाउने चामल, पिठो छैन भने त्यो पनी विकास नहुने बताउनुभयो । त्यसैले विभिन्न किसिमका अनुदानहरुको ब्यवस्था गरेर जनतालाई आत्मनिर्भर बनाउन नगरपालिका सदैव लागिपरेको समेत तामाङले बताउनुभयो ।
भवन उद्धघाटन कार्यक्रममा उपप्रमुख जानुका पराजुलीले स्वागत मन्तब्य राख्नुभएको थियो भने वडा नम्बर ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी सञ्चारकर्मी। सरकारी कार्यालय , सँघसँस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।