सम्पर्क

नवलपुरको लहरेमानेमा नवलपुर घ्याङ गुठी गुम्बा बन्ने

ईन्द्रावती गाउँपालिकाका वडा नं. ४ लहरेमानेमा नवलपुर घ्याङ गुठी गुम्बा निर्माण हुने भएको छ । गुम्बाको एक कार्यक्रम गरी ईन्द्रावती गाउँपालिका अध्यक्ष बँशलाल तामाङले शिलान्यास गर्नुभएको छ । पाँच करोड ६९ लाख ६ हजार २० रूपैयाँको लगानीमा निर्माण हुने गुम्बाको निर्माण गर्ने जिम्मेवारी धर्मा एस गौरी गणेश जे भी कम्पनीले पाएको छ । २ वर्षमा गुम्बाको निर्माण सम्पन्न हुने कम्पनीले बताएको छ । गुम्बाको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष तामाङ निर्माण कम्पनिलाई गुणस्तरीय काम गरेर तोकिएकै समयमा काम सक्न निर्देशन समेत दिनुभएको छ । गुम्बा गाउँको एक पहिचान हुने आशा राख्दै अध्यक्ष तामाङले गुम्बा निर्माणमा स्थानिय र सरोकारवाला नियायलाई सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन सिन्धुपाल्चोकका प्राविधिक प्रकाश कार्कीले गुम्बाको अन्तिम सँरचनासममको काम यसै परियोजनाले गर्ने जानकारी दिनुभयो । कार्कीका अनुसार गुम्बामा ६÷ ६ वटा मुर्ती समेत राखिने छ । गुम्बा भारतिय सरकारको आर्थिक सहयोगमा बन्न लागेको हो ।