सम्पर्क

पुस ५ बाट जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक जिल्ला फूटबल संघको आयोजना यही पुस ५ गतेबाट जिल्ला स्तरीय एन्फा लिग फूटबल प्रतियोगिता हुने भएको छ ।
फुटबल प्रतियोगितामा क्षमादेवी ग्रुपको प्रायोजन र अखिल नेपाल फुटबल संघ( एन्फा )को सहयोग रहने आयोजकले जानकारी दिएको छ ।
दुई वर्षपछी हुन लागेको प्रतियोगितामा जिल्लाका ८ वटा क्लबहरु सहभागी हुने सिन्धुपाल्चोक जिल्ला फूटबल संघका अध्यक्ष मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । खेल लामोसाँघु स्थित बसन्तपुर खेल मैदानमा सञ्चालन हुनेछ ।