सम्पर्क

केवल तिमी

साहित्य प्रेमी (निर्मला पुरी )

युवा हो ! देशको निम्ति
अन्मोल सौगात बन्नु तिमी ।
बसन्त ऋतुमा पाउलिएको,
सुन्दर पात बन्नु तिमी ।।

नओइलाउनु नमुर्झाउनु
कहिलै नझर्नु पारिजात झै !
बिहानी बोकेर ल्याउने,
चम्किलो त्यो रात बन्नु तिमी ।

तानिएलान सामन्तीहरु बाट
ती प्रगतिका पाइलाहरु,
इतिहासमा लेखिने अमर
बिरताको बात बन्नु तिमी ।।

यो भत्किएको भित्ता अब
तिमी बाटै जोडिनुपर्छ ।
यो वृद्ध आमा बाबुको,
साहारा दिने हात बन्नु तिमी ।।

खुशी सारा लुटिएर
सहयोगको बाटो हेर्दै छन् यहाँ,
उनीहरूको बाँच्ने केवल
एउटा राहत बन्नु तिमी ।।

(उदयपुर)