सम्पर्क

पोखरे भञ्ज्याङ् साना किसानको साधारणसभा सम्पन्न


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं –७ दुवाचौर स्थित पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वडा न ७ को कार्यालय प्राङ्गणमा आयोजित साधारणसभाको उदघाटन वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सहकारीको माध्यम बाटै समाजको आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयको माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले सहकारी मार्फत एकीकृत भएर ब्यबसायिक कृषि तथा पशुपालन गर्न आग्रह गर्नुभयो । उहाँले नगरले कृषी र पशुमा दिएको अनुदान , बिमा लगायत कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाका कुल शेयर सदस्य ५सय ७० जना रहेका छन । साबिक दुवाचौर हाल मेलम्ची ७ र ८ कार्यक्षेत्र रहेको सहकारीको गत असार मसान्तसम्मको कुल चुक्ता शेयर पुँजी १० लाख ७० हजार पाँचसय र कुल कारोबार १ करोड ८६ लाख १६ हजार चार सय एकासी रहेको छ त्यस्तै संस्थाको कोषमा असार सम्म ६ लाख चालीस हजार बचत रहेको छ । कार्यक्रममा बिष्णु लक्ष्मी सहकारिका अध्यक्ष कोमल गिरि , दुवाचौर सामुदायिक सहकारिका अध्यक्ष अर्जुन गिरि , इजरायल बाट कृषि तालिम लिएर आउनुभएका राजकुमार श्रेष्ठ लगायतले सहकारी सफलताको शुभकामना व्यक्त गर्नुभयो । सहकारिको आफ्नै ३ आना २ पैसा जग्गामा भवन निर्माण अन्तिम चरणमा पुगेको प्रबन्धक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै दुग्ध चिस्यान तथा संकलन केन्द्र निर्माधिन रहेको छ ।एग्रोभेट सेवा पनि सहाकरिले संचालन गरेको छ । साधारण सभाबाट लागुहुने गरि सेयर सदस्यलाइ १५% लाभांश प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।