सम्पर्क

गजल


गोमा कुमाल

एकान्त नै सहि बरु तिमी भएपछि
चाहिंन्नन् कोही अरु तिमी भएपछि ।

स्वर्गसम्म पुगिन्न कि, भन्ने पिर छैन
मलाई तारिदिने सरू तिमी भएपछि ।

कहाँबाट परून् कुनै बिघ्न बाधाहरु
मेरा बाधा टार्ने चरु तिमी भएपछि ।

मेरो रूप मगमगाउन कुनै कमी छैन
मेरा खुशी फुल्ने तरु तिमी भएपछि ।

सातै सुर र नव रस बोलीमै छ तिम्रो
के बाँशुरी, के डमरु तिमी भएपछि ।

(माथागढी– २ रुप्से , पाल्पा)