सम्पर्क

फोनिज सिन्धुपाल्चोकको अध्यक्षमा लालकाजी

नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) सिन्धुपाल्चोकको तेस्रो जिल्ला अधिवेशनले लालकाजी तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध चयन गरेकोे छ ।
कार्यसमितिको उपाध्यक्षमा कमला पाख्रिन , सचिवमा दिपेन्द्र घले , सह–सचिवमा निर्मल माझी र कोषाध्यक्षमा राजेन्द्र रानामगर निर्विरोध चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा भने आईते तामाङ, सुप्रिन्स कसजु, सिद्धी श्रेष्ठ, फूलमान तामाङ, रविन दनुवार सारोज तामाङ र कल्पना श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय पार्षदमा सुरेश कसजु , जिवन श्रेष्ठ, ङेम्लिङ लामा र केदार माझीलाई चयन गरेको छ भने प्रदेश पार्षदमा भने हेमन प्रधान , सुमित्रा श्रेष्ठ र अस्मी स्याङतान चयन हुनुभएको छ ।