सम्पर्क

अमृत बोहोरा एमाले सल्लाहकार परिषदको अध्यक्ष चयन

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ ।

उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिनुभएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो ।

एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो । नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गर्नुभएको छ ।