सम्पर्क

समावेशी विपद ब्यवस्थापन क्षमता विकास तथा योजना निर्माण गर्न कार्यशाला

सिविएम नेपालको साझेदारीमा सप्रोस नेपालले सञ्चालन गरेको समुन्नती परियोजना अन्तर्गत पालिका स्तरिय समावेशी विपद ब्यवस्थापन क्षमता विकास तथा योजना निर्माण सम्बन्धि दुई दिने कार्यशाला हेलम्बुमा सम्पन्न भएको छ ।

हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुहरी तिमल्सिना को प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको हो । कार्यशालाको सहजीकरण शुनिल सन शाक्यले गर्नुभएको थियो ।

कार्यशालामा प्रकोप र विपदका बारेमा छलफल गर्दै हेलम्बु गाउँपालिकामा देखिएका १४ प्रकारका प्रकोपहरु बारे छलफल गरिएको थियो । यस्तै वडा गत रुपमा प्रकोपहरुको जोखिम क्षेत्रहरु पहिचान गरी सूचना बनाई उक्त जोखिमको क्षेत्रलाई विपद ब्यवस्थापन गर्ने योजनाहरु तयार गरी समावेसि योजना निर्माण गर्ने छलफल समेत गरिएको छ ।

यसका साथै पालिका संग भएका ऐन, नियम तथा समावेशी विपद ब्यवस्थापन क्षमता विकास तथा योजना निर्माण सम्बन्धी नीति नियमको बारेमा छलफल गरी अब बनाउने नीति र नियममा समावेशिता राख्ने तयारी समेत गरिएको छ । समावेशी विपद योजना एवम् अपांगता समावेशी योजनामा समेट्न र अपांगता लगायत समावेशी वर्गहरुलाई पालिकाका हरेक नीति, नियम र विकासका प्रक्रियामा सामेल गराउने कुरा समेत कार्यशालामा राखिएको सप्रोस नेपालका बरिष्ठ सामाजिक परिचालक सुरज न्यौपानेले बताउनुभयो ।

कार्यशालामा ३० जनाको सहभागिता रहेको थियो । ८ जना सरकारी कर्मचारी, वडा अध्यक्ष र सदस्य गरि ८ जना, नेपाल प्रहरी बाट ३ जना, सप्रोस नेपाल बाट ३ जना र सप्रोस नेपालको सहजिकरणामा गठन भएको अपाङ्गता समावेसि स्वाबलम्बन समुहबाट समूह बाट ५ जनाको सहभागीता रहेको थियो ।