सम्पर्क

लैङ्गिक हिंसा विरुद्धको १६ दिन ,सचेतना र आयआर्जन मुलक काममा मेलम्चीको जोड

 दिपीन ढुँगाना

मेलम्ची नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक कार्यक्रम १३वटै वडामा गर्दै सम्पन्न गरेको छ । कानुनी अन्र्तक्रिया , अनुशिक्षण, बक्तित्वकला, नाटक प्रर्दशनी,विद्यालयमा वक्तित्वकला लगायतका विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरिएको नगरपालिकाले जनाएको छ । हरेक बर्ष लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिन्छ । यसै अनुरुप मेलम्ची नगरपालिकाले पनि विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै लक्षितवर्ग लाई आयआर्जन सँग जोड्नका लागि विभिन्न सिपमुलक तालिम देखि सम्मान कार्यक्रम समेत गरेको छ । समाजमा अशक्त, अपांगता भएका ब्यक्ति, एकल महिला लगायतले अझैपनि हिंसाको सिकार हुन परिरहेको छ । त्यस्ता घटनाहरुलाई बाहिर ल्याउन र हिंसा सहेर बस्न हुँदैन भन्ने सन्देश दिनका लागि नगरपालिकाले वडा वडामा पुगेर कानुनी सल्लाहकार सहितको उपस्थितिमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गर्यो । यसले ग्रामिण भेगका नागरिकहरुलाई हिंसा गर्न र सहनुहुँदैन भन्ने सन्देश प्रदान भएको छ । नगरपालिकाले १६ दिनको अवधिमा सचेतनामुलक थुप्रै कार्यक्रम गरेको छ । न्यायीक समितिले मिलाएको विवाद सधैका लागि अन्त्य गरेका केहि न्यायीक जोडिलाई नगरपालिकाले सम्मान गरेको छ । सेतो रिवन वितरण गर्दै सुरु भएको अभियान नगरपालिकाले उत्साह जनक हिसाबले सम्पन्न गरेको छ ।
लैङ्गिक हिंसा बिरूद्द अभिमुखिकरण कार्यक्रम
मेलम्ची नगरपालिकाले गाउँ गाउँमा लैङ्गिक हिंसा बिरूद्दको अभियान सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तर्गत नगरपालिकाले मेलम्ची ११ चालिसे गाउँ र मेलम्ची ४ पिप्लेमा छुट्टाछुट्टै दिन अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो । मेलम्ची नगरपालिको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायधिवक्ता निमा घिमिरे, अधिवक्ता सुनिता तामाङ, मेलम्ची नगरपालिकाकि उपप्रमुख भगवती नेपाल, ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक टिकाराम राई ,वडा नम्बर ५का वडा अध्यक्ष सुर्दशन लुइटेल लगायतले कार्यक्रममा उठेका जिज्ञासा तथा नियम कानुनका बारेमा जानकारी गराउनुभएको थियो । अन्र्तक्रिया कार्यक्रममा घरेलु हिंसा, दुव्र्यवहार, जग्गा सम्बन्धि विवाद लगायको समस्याका बारेमा प्रश्न उठेका थिए ।
प्रश्नको जवाफ दिदै न्यायधिवक्ता निमा घिमिरेले संविधानमा भएका कानुनी कुराहरुबारे जानकारी गराउनुभएको थियो । उहाँले हिंसा के हो ? कस्ले गर्छ ? लगायतको बारेमा आफ्नो भनाई राख्दै कानुनी ज्ञानको सहायता चाहिएमा आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । अधिवक्ता सुनिता तामाङले पारिवारीक कानुनका बारेमा प्रस्ट पार्नुभएको थियो भने उपप्रमुख भगवती नेपालले उठेका जिज्ञासाहरुको जवाफ दिदै न्यायीक समितिको काम कारबार्हि बारे जानकारी गराउनुभयो । । मेलम्ची नगरपालिकाका कानुनी सल्लाहकार भेषराम ढकाल र शिक्षा विज्ञ डा बालचन्द्र मिश्र लगायतले कार्यक्रममा उठेका समस्या समाधानका कानुनी बाटो देखाउनुभएको थियो । वडा अध्यक्ष सुर्दशन लुइटेलले वडामा भए गरेका समस्याका बारेमा जानकारी गराउदै हिंसा सहेर नबस्न आग्रह गर्नुभयो । कार्यक्रम नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर १ देखि वडा नम्बर ५ सम्मका स्थानियको सहभागिता रहेको थियो ।
३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मेलम्चीमा पनि मनाइएको छ । मेलम्ची नगरपालिका सँगको समन्वय नगर अपाङ्ग समन्वय समितिको आयोजना दिवस मनाइएको हो । कार्यक्रमबाट नगर अपाङ्ग समन्वय समिति पुर्नगठन समेत गरिएको छ । सोम कुमार दुलालको अध्यक्षतामा १५ सदस्सिय समन्वय समिति निमार्ण गरिएको मेलम्ची नगरपालिकाकि कर्मचारी प्रेरणा पराजुलीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा विनोद चौलागाई , सचिवमा गोमा चालिसे र कोषाध्यक्षमा पाल्तेन लामा चयन हुनुभएको छ । सदस्यहरुमा जुनुमाया तामाङ, लुरे तामाङ, हरिहर खनाल, रुपा गिरि, रिता भारती, मर्म तामाङ, दोर्जे तामाङ, कुल प्रसाद आचार्य, शेर बहादुर ,विनिता लामिछाने ,मुइमान तामाङ चयन भएका छन् ।
कार्यक्रममा मेलम्ची नगरपालिकाकि उपप्रमुख भगवती नेपालले वडा बाट बजेट माग गर्दा पिछडिएका वर्गका लागि बजेटनै माग नहुनेगरेको बताउनुभयो । उहाँले अपाङ्गता भएका ब्यक्ति स्वयंले पनि आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासघंका प्रतिनिधि दिपक अर्यालले अपाङ्ग भएका ब्यक्तिहरुको वर्ग छुट्याएर सिप मुलक काममा लगाउनुपर्ने माग गर्नुभएको छ । उहाँले बाख्रा पालन,कफि खेती लगायत अन्य उनिहरुको क्षमता अनुसारको सिप सिकाउन नगरपालिकाले कार्यक्रम ल्याउन पर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष हुनुभएका सोम दुलालले अपाङ्ग भएका ब्यक्तिहरुको अधिकारका लागि अहोरात्र काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बुधबार बाट सुरुभएको बाख्रा पालन सम्बन्धि ३दिने कार्यक्रमको समापन गर्दै सहभागि १३ वडाका २६ जनालाई अनुदान स्वरुप १५ हजार रुपैयाँ वितरण गरिएको नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।
सुस्त श्रवण भएका ब्यक्तिहरु सँगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

सुस्त श्रवण भएका तथा अपांगता भएका ब्यक्तिहरुसँग मेलम्ची नगरपालिकाले एकदिने अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सहभागिहरुलाई आफुलाई अनुकुल हुने माग लिएर नगरपालिका सम्म आउन आग्रह गर्नुभयो । उहाँले मेलम्चीबासी सबैलाई आफ्नो खुट्टामा उभिने वातावरण तयगर्ने दायित्व नगरपालिकाको रहेको भन्दै त्यसका लागि नागरिक स्तरबाट पनि सहयोग चाँहिने बताउनुभयो । प्रमुख अर्यालले नगरको सेवा सबैले लुनुपर्ने भन्दै आफ्नो अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । ब्यक्ति स्वयंम ,अभिभावक र स्थानिय सरकार मिलेर समस्याको समाधान गर्न नगरपालिका तयार रहेको अर्यालको भनाई छ ।
उहाँले आवाज विहिनहरुको आवाज बुलन्ध गर्न नगरपालिका सधै तयार रहेको बताउदै आफुलाई सहज हुने सेवा सुविधा तथा तालिमको माग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमुख भगवती नेपालले लेख्न बोल्न र सुन्न समेत नसक्ने समुदायका नागरिक सम्म पुग्न र उनिहरुमा सहयोग गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले तत्कालका लागि साङ्केतिक भाषा सम्बन्धि तालिम आयोजना गरी सञ्चारको पहुँचसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।
उपप्रमुख नेपालले यस्तो छलफल कार्यक्रमले योजना बनाएर बजेट विनियोजन गरि सम्बन्धित ब्यक्तिसम्म पुर्याउन सजिलो हुने विश्वास ब्यक्त गनुृभयो । कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत अमृत कुमार धितालले अपांगता भएका ब्यक्तिहरुमा पनि धेरै क्षमता हुने भएकाले आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमकि दोभासे तथा सिन्धु बहिरा आधारभुत बिधालयकि प्रधानाध्यापक मैना कार्किले धेरै जना कृषिमा निर्भर भएको र पारिवारिक हुन नसकेकोे बताउनुभयो । उहाँले तत्कालै साङ्केतिक भासाको तालिमको आयोजना गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मेलम्ची ८ केउरानीका रामचन्द्र गिरिले समाजमा दुई किसिमका मानिसहरु हुनेभन्दै कोहिले प्रोत्साह गर्ने त कोहिले आलोचना गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले आफ्नो कुरा भन्न नसक्ने, आफ्नो क्षमता प्रस्तुत गर्न नसक्ने जस्ता अपांगता भएका ब्यक्तिले भोग्दै आएका समस्याहरु सुनाउनुभयो । गिरिले आत्मबिस्वास र आत्मबल भयो भने प्रगति गर्न सकिने भन्दै समाजमा दविएर नबस्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागिहरुलाई १२ थरी सामान सहितको ९२ जनालाई डिकिनिटि किट वितरण गरिएको नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो । सहभागिहरुले फेरी फेरीपनि यस्तै अन्र्तक्रिया कार्यक्रम आयोजना गर्न नगरपालिका सँग माग गरेका छन् ।
बाख्रा पालन सम्बन्धि ३ दिने तालिम प्रदान
मेलम्ची नगरपालिकाको आयोजनामा सीप विकासका लागि ३ दिने बाख्रा पालन तालिम प्रदान गरेको छ । नगरपालिका भित्रका अपाङ्ता भएका ब्यक्तिहरुको सिप विकासका लागि तालिम प्रदान गरिएकोे हो । मेलम्ची नगरपालिकाका १३ वटा वडाका २६ जना अपाङ्ता भएका ब्यक्तिहरु तालिममा सहभागि भएका थिए कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले अपाङ्ता भएका ब्यक्तिहरुको जीविको पार्जन सहजताका लागि तालिम प्रदान गरीएको बताउनुभयो ।
उहाँले आफुले सकेको श्रम गर्न र श्रमलाई उत्पादन सँग जोडेर क्षमतावान बन्न सुझाव दिनुभयो । उहाँले सकेको काम गर्दै परर्निभर बाट आत्मर्निभर हुन समेत आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अर्यालले बाख्रा पालन गर्दा ध्यानदिनुपर्ने कुराहरु तालिमले प्रदान गरेको बताउदै यसलाई सधै ब्यबहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले खसी बोका र बाख्रामा नगरपालिका आत्मर्नितर हुँदै निर्यात गर्नसक्ने वातावरण तय गर्न नगरपालिकाले सहयोग गर्न चाहेको बताउनुभयो । कार्यक्रममा महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखाका शाखा प्रमुख जीवनाथ भण्डारीले बाख्रा पालन गर्ने तरिका, उपचार पद्धति लगायत विषयमा प्राविधिक सँग बुझेर मात्र काम गर्न आग्रह गनुृभयो । उहाँले दैनिकि चलाउन सक्षम हुन आग्रह गर्दै व्यवसायिक रुपमा काम गर्न सुझाउनुभयो । कार्यक्रममा पशु शाखा प्रमुख उपेन्द्र पण्डित, दिपक थापा, चेत घोरसैनी लगायतले सहजिकरण गर्नुभएको थियो । तालिमपछि अनुदान स्वरुप सहभागि हरुलाई रु १५ हजारका दरले आर्थिक सहयोग गरिएको छ । तालिम र अनुदान पाएपछि सहभागिहरुले खुशि ब्यक्त गरेका थिए । उनिहरुले घरमा गएर ब्यबशायिक रुपमा बाख्रा पालन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
इन्द्रेश्वरीका अपांगता भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण
इन्द्रेश्वरी माध्यमिक विद्यालयका अपांगता भएका विद्यार्थीहरुको लागि मेलम्ची नगरपालिकाले न्यानो कपडा वितरण गरेको छ । दिनप्रतिदिन चिसो बढ्दै गएको र चिसो बाट लाग्नसक्ने विभिन्न खालेरोग बाट बच्नका लागि भन्दै विशेष क्षमता भएका बालबालिकाको लागि न्यानो कपडा वितरण गरिएको नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रमुख डम्बर अर्याल, विद्यालयका शिक्षक तथा अन्य अभिभावक हरुको उपस्थितिरहेको थियो । न्यानो कपडा पाएपछि विद्यार्थीहरुले खुशि ब्यक्त गरेका थिए ।