देवराज सुवेदी
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नमुना युवा जागरण समुह मेलम्ची –७ छापको आयोजनामा हुने उक्त प्रतियोगिता यहि मंसिर २८ देखि पौष २ गतेसम्म दुवाचौर सामुदायिक खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुनेले क्रमशः रु. ५० हजार र २० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर रु. ५ हजार लाग्ने संयोजक ओम तामाङ वाईबाले जानकारी दिनुभयो । देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरु धेरै रहेकाले युवा खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको नमुना युवा जागरण समुहका अध्यक्ष सिरचा तामाङले बताउनु भयो ।
