जिल्ला प्रशासन कार्यालयको आयोजना र सामुदायिक सारथीको सहयोगमा चौतारामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस २०२१ को अवसरमा उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो ।
नेपालमा भ्रष्टाचार सामाजिक रोगका रूपमा देखापरेको छ । भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक कानुन निर्माणका साथै कार्यान्वयन गर्ने निकाय पनि स्थापना गरिएको छ । भ्रष्टाचार नियन्त्रणमा सरकार, राजनीतिक दल र प्रशासनले प्रतिबद्धता पनि देखाएसंगै भ्रष्टाचार गर्नुहुँदैन भन्ने विषयमा आम नागरिकबीच एकमत पनि छ । आम नागरिकले स्वतःस्फूर्तरूपमा भ्रष्टाचारविरुद्ध खबरदारी पनि गरिरहेका छन् । सञ्चारमाध्यमले पनि भ्रष्टाचारविरुद्धको अभियानमा सकारात्मक भूमिका खेलिरहेका छन् । यी सबै हुँदाहुँदै पनि समाज भ्रष्टाचारको फैलँदो रोगबाट पीडामुक्त हुन सकेको छैन । बरु यो झाँगिँदै, बाक्लिदै र मौलाउँदै गएको छ । यसै सन्र्दभलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस २०२१ को अवसरमा “बढ्दो भ्रष्टाचार नियन्त्रणमा सरोकारवालाको भूमिका” विषयमा अन्र्तक्रिया आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जिल्लाको अवस्था, भ्रष्टाचार कसुर र सजायँसंग केन्द्रित प्रस्तुती राख्नु भएको थियो । त्यस पश्चात सामुदायिक सारथीका जिल्ला संयोजक उमेश विश्वकर्माले छलफल पत्र प्रस्तुत गर्नु भएको थियो । त्यस पश्चात खुल्ला छलफल गरिएको थियो । छलफलमा बोल्दै जिल्ला बार एशोसिएशनका अध्यक्ष भुपेन्द्र थिङले भ्रष्टाचार नियतका कारण हुने गरेको बताउनु भयो । त्यस्तै गै.स.स. महासंघका अध्यक्ष गोविन्द सापकोटाले नागरिकहरु र नागरिक समाजका प्रतिनिधिहरु एकमतका साथ भ्रष्टाचार विरुद्ध लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले विगतका कैयन प्रमुख जिल्ला अधिकारीले विभिन्न बाहनामा नगद तथा जिन्सी सामाग्री मागेको तितो अनुभव सुनाउँदै वर्तमान प्रमुख जिल्ला अधिकारीको बारे हेर्न बाँकी रहेको र यो कार्याकार्यकालमा विगतको तिता अनुभव मेटिने आशा पलाएको र सहकार्य गर्न तयार रहको समेत बताउनु भएको थियो । अन्य सहभागिहरुले पनि आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि सहकार्य र समान भूमिकामा रहि अभियान चलानुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सामुदायिक सारथीका जिल्ला संयोजकले सञ्चालन गर्नु भएको थियो ।
