सम्पर्क

ब्रेकिङ न्युज २

पाँचपोखरीमा कुकुरलाई बन्ध्याकरण गरिने

ब्रेकिङ न्युज २, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिकाले सामुदायीक तथा छाडा कुकुरलाई बन्ध्याकरण शिविर सँचालन गर्ने भएको छ । गाउँभरी छाडा कुकुरहरुको विगविगी भएको र समुदायका ब्यक्तीहरुलाई दुःख दिन थालेपछी बन्ध्याकरण शिविर सँचालन गर्न लागेको गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक वपर्ष २०७८÷०७९ को स्विकृत वार्षिक कार्यक्रम अनुसार उक्त अभियान चलाउन लागिएको गाउँपालिकाद्वारा प्रकाशन गरिएको सुचनामा भनिएको छ ।  ...

मेलम्ची बाढीको सात महिना – विस्थापित अझै अस्थायी टहरामा

ब्रेकिङ न्युज २, समाचार
रुपक पुरी गत असार १ गते र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका घर खेत डुवानमा परे । बाढीको पूर्वसूचना पाउन नसक्दा स्थानीयहरुले धेरै धन जनको क्षति व्यहोर्नुपर्यो । अचानक आएको बाढीका कारण स्थानीय विस्थापति हुन पुगेका थिए । खाने अन्न र लत्ताकपडा बाढीसँगै बगे । स्थानीयले आफ्नो घरखेत बाढीले बगाएको टुलुटुलु हेर्नुको विकल्प रहेन । विस्थापित भएकाहरुलाई तत्कालका लागि सामुदायिक भवन तथा विगतमा भुकम्पका लागि बनाइएका अस्थायी टहरामा राखिएको थियो । बाढी आएको सात महिना वित्दा पनि विस्थापितहरु अझै पनि अस्थायी टहरामै बस्न बाध्य रहेका छन् । हेलम्बुका चनौटेलगायत नदी आसपासका बस्ती, खेत, रिसोर्ट, ट्राउट व्यवसायसमेत बगरमा परिणत भएका छन् । हेलम्बु गाउँपालिकाको गणेशबगरका डम्बरबहादुर भण्डारीलाई अहिले इन्द्रावतीको फाँटामा भएको गहुँ तोरी र आलु देख्दा लोभ ला...

जलवायु परिवर्तन अनुकुलन र विपद जोखिम न्युनिकरण विषयक कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
टेवा संस्थाको आर्थिक सहयोग, प्रकृती रिसोर्ज सेन्टरको प्राविधिक सहयोग र आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा एक दिने जलवायु परिवर्तन अनुकुलन र विपद् जोखिम न्युनिकरण विषयमा स्थानिय सरकारको नीति तथा कार्यक्रम विषयक स्थानिय सरकार, समुदाय र सरोकारवाला विच छलफल कार्यक्रम सञ्चालन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा बुधबार कार्यक्रम सञ्चालन गरिएको थियो । आदिवासी जनजाति महिला उत्थान केन्द्रका अध्यक्ष पानमाया तामाङको सभाध्यक्षता, अतिथि चौतारा सागाचोकगढी नगरपालिकाको प्रशासकिय अधिकृत फणीन्द्र पौडेल, अधिकृत दुर्गा प्रसाद ढुङ्गेल, पशु सेवा शाखा प्रतिनिधि मैया कुमारी घिसिङ्ग, कृषि शाखाका रामहरी दाहाल, कार्यापालिका सदस्य रोजिना घतानी, कमला श्रेष्ठ, प्रविनमान सिं, प्रज्ञा सेरचन, ङेम्लिङ लामा, हरि विश्वकर्मा, रिना श्रेष्ठ लगाएत सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । क...

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा ढुङ्गेल

ब्रेकिङ न्युज २, समाचार
नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको ११औँ अधिवेशनले दुर्गा प्रसाद ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा कुमार बस्नेत , महिला उपाध्यक्षमा सरिता चौलागाईं , सचिवमा खोपनाथ नेपाल, सह सचीवमा राम प्रसा आचार्य र कोषध्यक्षमा राम प्रसाद न्यौपानेलाई निर्वाचित गरेको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधिमा दिनेश कुमार पोखरेल, गोपाल ढकाल र कमला देबि श्रेष्ठ सहित १५ सदस्यीय मध्ये ११ सदस्यीय सर्बसहमत र ४ सदस्य पुन निर्वाचित गर्ने गरि निर्वाचित पदाधिकारी हरुलाइ सपथ ग्रहण समेत गरिएको छ । नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको बिशेष आतिथ्यता रअधिवेशन सम्पन्न भएको हो ।...

समाज विकासमा महिलाको भूमिका विषयक अन्तर्क्रिया

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ (गोले) १२२ औं अन्तराष्ट्रीय नारी दिवसको अवसरमा “समाज विकासमा महिलाको भूमिका ”विषयक अन्तर्क्रिया कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ ईर्खुमा सम्पन्न भएको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीबाट सँगठित मानव वेचविखन विरुद्धको पैरवी समूह सिन्धुपाल्चोकद्धारा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागी अधिकाँश बक्ताहरुले अझै पनि राज्यका निकाय तथा सामाजिक संघ संस्थाहरुमा महिलाहरुको अर्थपूर्ण सहभागिता नभएकोमा चिन्ता ब्यक्त गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी तिर्थवहादुर श्रेष्ठले महिलालाई अधिकार कसैले टिका लगाएर दिने नभई अधिकार खोसेर लिन सक्नुपर्ने धारणा राख्नुभयो । श्रेष्ठले महिला अधिकारका लागी घरबाटै लड्न आबश्यक रहेको बताउनुभयो । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको उपकार्यकारी निर्देशक तथा विशेष अति...

परिवर्तनका लागी पत्रकारीताको भूमिका महत्वपूर्णः पूर्वप्रधानमन्त्रीओली

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
मा समाजको हर परिवर्तनकालागिपत्रकारिताको भूमिकाअपरिहार्य भएको पुर्ब प्रधान मन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँनु भएको छ । उँहाले पोखरामा जागरण दैनिकको २५ औं वार्षिकोत्सवको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशितधौलागिरी जागरण दैनिकले १५ औं वार्षिकोत्सवसोमबारपोखरामामनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधनगर्दै पूर्व प्रधानमन्त्रीतथा नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीले जनजागरणमासम्बन्धी पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकताऔल्याउनुभयो । बताउनुभयो । उहाँले सहकारीमार्फत डेढ दशक अघि देखि प्रकाशन गरेको पत्रिकामार्फत स्थानीय स्तरमा खेलेको भूमिकाले समाज बदल्न सहयोग मिलेको बताउनुभयो । समाजको हर परिवर्तनकालागिपत्रकारिताको भूमिकाअपरिहार्य भएको उल्लेख गर्दै ओलीले पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकताऔल्याउनुभयो । उहाँले सहका...

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा बस्नेतको समूहबाट डा. प्रेमध्वज लामाको उम्मेदवारी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरुमा अधिवेशन धमाधम भइरहेको छ । त्यसमध्ये बाँकी रहेको जिल्ला सिन्धुपाल्चोकमा आगामी फागुन २७ र २८ गते अधिवेशन हुँदैछ । सो क्रममा सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आउनुभएका लामाको संस्थापनबाट उम्मेदवारी दिन लाग्नुभएको हो । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलगायत नेताहरु डा. लामाको पक्षमा देखिएका छन् । २०२६ माघ २६ मा जन्मिनुभएका लामा २०४३ सालदेखि नै नेविसंघको सदस्यता लिनुभएको थियो । २०४६ को जनआन्दोलनमा सक्रिय सहभागी हुनुभएको उहाँ २०४७ मा नेविसंघको स...

सिन्धुपाल्चोकमा वंश दाई जित्नुहुन्छ, उहाँले मात्र जिल्ला हाँक्न सक्नुहुन्छ ः गगन थापा

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीमा वंशलाल तामाङको सानदार बिजय हुने बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्ला हांक्न सक्ने एक मात्र उमेदवार वंशलाल तामाङ भएको थापाले बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । ’वंशलाल दाइको बिजयले समग्र सिन्धुपाल्चोक लाई स्थानिय चुनावमा नेपाली कांग्रेस लाई बिजय गराउन सफल हुने बताउँदै महामन्त्री थापाले तामाङको नेतृत्व बिजय भएको खण्डमा मात्रै स्थानिय चुनावमा कांग्रेस पहिलो हुने धारणा राख्नुभयो । महामन्त्री थापाले वैशाख ३० मा हुने निर्वाचनमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने समेत बताउनुभयो । वैशाख ३० गते घोषणा गरिएको न...

८० प्रतिशत सकियो मेलम्ची मुहानको मर्मत

ब्रेकिङ न्युज २, समाचार
२०७७ गते असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ८० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी वितरण विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुँगा विष्फोट गराएर नदी सफाइ गर्ने काम ८० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको समेत पन्तले जानकारी दिनुभयो । गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको छ, बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी थालिएको उहाँले बताउनुभयो । मुहानमा खसेका ढुँगा माटो सफाइको काम सकिएक...

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा दोर्जे लामाले पनि उम्मेदवारी दिने

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसकोे सिन्धुपाल्चोकको सभापतिमा नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहनुभएका दोर्जे लामाले पनी उम्मेदवारी दिने बताउनुभएको छ । लामा सिन्धुपाल्चोक जिल्लामा राजनीतिका साथै सामाजिक कार्यमा समेत क्रियाशिल हुनुहुन्छ । लामा तरूण दललाई जिल्लामा उत्कृष्ट नेतृत्व दिन सफल भएका प्रभावशाली युवा नेताका रुपमा समेत परिचित हुनुहुन्छ । लामाले अधिवेशन नजिकिदै जाँदा सभापतिको उम्मेदवारको रुपमो प्रचार प्रसारलाई तीब्र बनाउनुभएको छ । लामाले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर आगामी चुनावमा युवालाई परिचालन गर्दै तीनै तहको चुनावमा पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने उदेश्य बोकेर जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो । सभापतिका दावेदार इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ र दोर्जेलाई संस्थापन ईतर समूहका नेतका रुपमा जिल्लामा चिनिन्छ । सँस्थापन समुहबाट भने जँगवहादुर लामा र प्...