सम्पर्क

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा ढुङ्गेल

नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको ११औँ अधिवेशनले दुर्गा प्रसाद ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा कुमार बस्नेत , महिला उपाध्यक्षमा सरिता चौलागाईं , सचिवमा खोपनाथ नेपाल, सह सचीवमा राम प्रसा आचार्य र कोषध्यक्षमा राम प्रसाद न्यौपानेलाई निर्वाचित गरेको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधिमा दिनेश कुमार पोखरेल, गोपाल ढकाल र कमला देबि श्रेष्ठ सहित १५ सदस्यीय मध्ये ११ सदस्यीय सर्बसहमत र ४ सदस्य पुन निर्वाचित गर्ने गरि निर्वाचित पदाधिकारी हरुलाइ सपथ ग्रहण समेत गरिएको छ । नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको बिशेष आतिथ्यता रअधिवेशन सम्पन्न भएको हो ।